शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

१७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु


  • बुधबार, भाद्र ३० २०७८
7.7K
SHARES

फाइल तस्विर

पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

कूल १६ हजार ८४४ नमुना परीक्षण (१२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ । आजको पजेटिभिटी दर १०.६ प्रतिशत छ । ११ जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि छ ।

६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खोप लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ । आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा