शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विदेशी शक्तिको आडमा संविधान मिच्ने काम भयो : प्रचण्ड


  • बिहिबार, बैशाख ९ २०७८
10.3K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाएका छन् ।

१५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।

‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’ प्रचण्डले अगाडि थपे, ‘त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जल्ले प्रतिक्रान्तीको बाटो हिडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा