शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिनथालेछ : विश्वप्रकाश


  • बुधबार, फाल्गुन २५ २०७८
9.8K
SHARES

फाइल तस्विर

महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् ।

मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो रङको चुनाव चिन्ह बनाउने निर्णयप्रति आपत्ति जनाएपछि शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मतपत्र, चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा निर्वाचन आयोगको अधिकारको कुरा भएको उल्लेख गरे । सो विषय राजनीतिक दलको अधिकारको विषय नभएको उनले बताए ।

एमाले अध्यक्ष ओलीलाई उखानमै जवाफ फर्काउँदै महामन्त्री शर्माले भने– ‘कमरेड केपी ओलीलाई मेरो भनाई के छ भने रङसँग डराउनुपर्दैन ढंग सच्याए हुन्छ । हरियो राख्ने कि निलो पहेँलो राख्ने कि बैजनी रङ राख्ने कि त्यो निर्वाचन आयोगको कुरा हो ।

हरियो रङसँग नै डराउने हैन सिद्धान्त र विचारसँग बहस गर्नुपर्छ । हरियो रङबाट तर्सिनु हुन्न । ‘पार्टी विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिन्छ’ भन्ने नयाँ उखान बनाउन भएन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा