शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कम्युनिस्टभित्र ‘भिलेन’ देखापरेपछि दुःख पाइयो : प्रचण्ड


  • सोमबार, मंसिर ६ २०७८
12.6K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीभित्र भिलेनका रुपमा एमाले अध्यक्ष केपी ओली देखा परेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कम्युनिस्टहरु एक भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो हुन नपाएको बताए ।

सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो’, प्रचण्डको भनाइ छ । प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताए ।

‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु’, प्रचण्डको भनाइ छ । उनले केही दिनभित्रै भरतपुरमा सुकुम्वासीहरूलाई लालपुर्जा वितरण हुने आश्वासन समेत दिए ।

सायद केही दिनभित्र यहाँ लालपुर्जा वितरण र भूमि व्यवस्थापनको काम सुरु हुन्छ । म चुनावमा अर्कोचोटी भोट माग्न आएँ भने लालपुर्जा वितरणले पनि एउटा नयाँ गति लिइसक्छ र तपाईंहरुले आँखा चिम्लेर भोट हाल्नुहुन्छ भन्ने विश्वास छ’, प्रचण्डको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा