शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बालुवाटारबाट आयो प्रचण्डका लागि अत्यन्तै दुःखद खबर


  • शुक्रबार, कार्तिक ५ २०७८
11.1K
SHARES

फाईल तस्बिर

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७९ सालको वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् । देउवाले आफूनिकट नेता कार्यकर्तालाई वैशाखमा चुनाव हुने र त्यसको तयारीमा जुट्न निर्देशन दिइसकेका विश्वस्त स्रोतले जनाएको छ ।

गठबन्धन सरकार लामो समयसम्म टिक्न नसक्ने निष्कर्षका साथ देउवाले अर्ली इलेक्सनको तयारी गरेका हुन् । देउवानिकट नेताहरूले यसको पुष्टि गरेका छन् ।

 

‘गठबन्धनको सरकार लामो समय टिक्दैन, टिक्यो भनेपनि झमेलाहरू आइरहन्छन्,’ देउवानिकट एक कांग्रेस नेताले भने, ‘त्यसैले वैशाखमै आमनिर्वाचन गर्ने गरी हामीले नेतृत्वलाई सुझाव दिएका छौं । सभापतिले पनि हामीलाई त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।’

 

उनले संघीय निर्वाचन वैशाखमा गर्ने र त्यसपछिको मङ्सिरमा स्थानीय निर्वाचन गर्न उपयुक्त हुने बताए ।तर सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी दल भने अर्ली इलेक्सनका लागि तयार छैनन् । देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू वैशाखमै चुनावमा जान नसकिने स्पष्ट पारेका हुन् ।

 

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि देउवालाई अर्ली इलेक्सनमा जान आफ्नो तयारी नपुग्ने भएकाले संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने धारणा राखेको स्रोतको दाबी छ ।

 

प्रचण्ड, नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहयोगमा प्रधानमन्त्री बनेका देउवाले अर्ली इलेक्सनका लागि कन्भिन्स गर्न खोजिरहेका छन् भने आफ्ना नेता कार्यकर्तालाई त्यसको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

 

‘हामी अर्ली इलेक्सनको पक्षमा छैनौं, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले भने ।उनले त्यसबारे गठबन्धनमा कुनै सल्लाह र सहमति नभएकोसमेत बताए । तर कतिपय कांग्रेसका नेताहरूले छलफलमा अर्ली इलेक्सनमा जानु उपयुक्त हुने बताएकोसमेत उनले बताए ।

 

नेकपा एकीकृत समाजवादी पनि अर्ली इलेक्सनको पक्षमा छैन । संविधानमा अर्ली इलेक्सनका बारेमा केही लेखिएको छैन, अध्यक्ष नेपालनिकट एक नेताले भने ।

 

उनले भने – ‘सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दा संसदले पूर्ण कार्यकाल चल्न पाउनुपर्ने फैसला गरेको थियो । त्यसैले अर्ली इलेक्सनको बहस संवैधानिक दायराभित्र छैन ।’ उनका अनुसार नेकपा एस भर्खरै बनेकाले संगठित हुन समय लाग्नेछ । अर्ली इलेक्सन भइहालेमा आफूहरूलाई घाटा पुग्ने नेकपा एसको विश्लेषण छ ।

 

गत असार २९ गते प्रधानमन्त्री देउवाको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेको थियो । सरकार बनेको तीन महिनापछि मात्र मन्त्रिपरिषदले पूर्णता पाएको थियो ।

 

सरकार संचालनको विषयलाई लिएर गठबन्धनभित्र खटपट शुरू भइसकेको अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ । मन्त्रालय बाँडफाँड, राजनीतिक नियुक्ति, राजदूत नियुक्ति र अन्य कतिपय कामहरूमा देउवाले एकलौटी गर्न थालेको गठबन्धनका अन्य दलका नेताहरूले बताउन थालेका छन् ।

 

यही कारण पनि कांग्रेस गठबन्धन सरकार लामो समयसम्म चलाउन नसकिने निष्कर्षमा पुगेको हो । अर्ली इलेक्सनका लागि नेकपा एमाले भने तयार छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मंचबाट नै अर्ली इलेक्सनमा जानुपर्ने बताउँदै आएका छन् ।

 

केही दिनअघि आफ्नो गृहजिल्ला झापामा आयोजित चियापान कार्यक्रममा ओलीले अर्ली इलेक्सन घोषणा हुनसक्ने अनुमान गरेका थिए । त्यसका लागि आफ्नो पार्टी तयार रहेको उनको भनाइ थियो ।

 

आफू प्रधानमन्त्री रहँदा ओलीले पुस ५ र जेठ ८ गते दुवैपटक प्रतिनिधि सभा भंग गरेर चुनावको घोषणा गरेका थिए । दुवैपटक सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएको थियो ।

 

पछिल्लो पटक असार २८ गते सर्वोच्च अदालतले ओलीको सरकार बिस्थापित गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत दिएको थियो ।अर्ली इलेक्सनलाई लिएर नै सत्तारूढ गठबन्धनबीच खटपट शुरू हुन थालेको छ । कांग्रेसमा भने अर्ली इलेक्सनमा प्रायः सबै शीर्ष नेताहरू सहमत देखिन्छन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने वैशाखमा नभई आउँदा २०७९ सालको मङ्सिरमा तीनै तहको निर्वाचन एकैपटक गर्ने प्रस्ताव देउवासामु राख्ने गरेका छन् । तर देउवाले त्यसमा सहमति भने जनाईसकेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा