शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

नेकपा नेता रणवीरको रिट खारेज, कहिले हुन्छ फैसला ?


  • आइतबार, साउन १० २०७८
10.5K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’को रिट खारेज भएको छ । रणवीरको हकमा मेघेन्द्र न्यापानेले सर्वोच्च अदालतमा हालेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको हो ।

सार्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएको हो । जिल्ला अदालत नेपालगञ्ज, बाँकेमा मुद्धा विचाराधिन अवस्थामा रहेकाले उक्त मुद्धाको छिटो फैसला गर्न परमादेश दिदै अदालतले रिट खारेज गरेको हो ।

रणवीरको पक्षमा बरिष्ठ अधिबक्ता एकराज भण्डारी, कपिलचन्द्र पोखरेल, कान्तिराज ढुंगाना लगायतले बहस गरेका थिए । जेठ १९ गते दर्ता भएको रिटमा आइतबार सुनुवाइ गर्दै सर्वोच्चले एक महिनाभित्र फैसला गर्न बाँके जिल्ला अदालतलाई परमादेश दिएको हो ।

रणवीर बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट २०७५ सालमा बैशाख २४ गते पक्राउ परेका थिए । पक्राउ गरेर वेपत्ता बनाएको प्रहरीले उनको झोलामा प्रेसर कुकर बम फेला पारेको भन्दै झुटा मुद्धा लगाएको थियो । त्यही मुद्धाको प्रारम्भीक बहस गर्दै बाँके जिल्ला अदालतले उनलाई पुपक्षका लागि कारागार चलान गरेको थियो ।

अहिले उनी केन्द्रीय कारागार सुनधारमा बन्दी जीवन विताइरहेका छन् । मुटुका रोगी रणवीरको कारगारकै अस्पतालमा सामान्य उपचार गराइरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा