नेपाली भाषामा पहिलो पटक सि लाइसेन्स प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरगं जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न भएको यस प्रशिक्षण कार्यक्रममा २३ जनाको सहभागीता रहेको थियो ।
एएफसीको पाठ्यक्रम तथा अंग्रेजी माध्यममा मात्रै हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा नेपाली प्रशिक्षकहरुको व्यवहारीक ज्ञान र सिप अब्बल हुने तर सैद्धान्तीक परिक्षामा देखिने कमजोरीलाई केहि हद सम्म कम गरेर दुरदराजमा फुटबलको लागि कर्म गरिरहेका प्राविधिकहरुलाई समेत सहजै यस्ता प्रशिक्षण कार्यक्रममा सहभागी गराई थप अवसर दिने एन्फाको योजना रहेको अध्यक्ष पंकज विक्रम नेम्वांगले बताएका छन ।

एन्फाका हेड अफ कोचेज एजुकेशन सञ्जित सिंहको नेतृत्वमा रहेको टोलीले नेपाली भाषमा नै पाठ्यक्रम तयारी पारी प्रश्नपत्रहरु समेत नेपाली भाषा नै तयार गरी एएफसीको मान्यता समेत लिएर यस कार्यक्रमको सञ्चालन भएको सिंहले बताए । एफसी ए लाइसेन्स, फिफाको कोचे एजुकेडेट कोर्ष, तथा सन २०१४ मा जर्मनीको लाइप्जिक युनिभर्सिटि बाट फुटबलको डिप्लोमा कोर्ष सम्पन्न गरेका सिंहले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै यस प्रकारको कार्यक्रमले संसारभर छरिएर रहेका फुटबलका विभिन्न प्राविधिक ज्ञान भएकाहरुलाई पाठ्यक्रम निर्माणमा जोडेर कार्य गर्ने अवसर मिलेको उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।