नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले माओवादी पार्टी छाडेका छ्न्। माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालबाट माओवादी पार्टी त्यागेको घोषणा गरेका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशै भरी माओवादी केन्द्रको माहौल आएको र आगामी निर्वाचनमा आफ्नो पार्टीको बहुमत आउन सक्ने बताई रहेका बेला घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्नुले माओवादी केन्द्र प्रति नेता कार्यकर्ता नै असन्तुष्ट अवस्थामा पुगेको सन्देश जनतामा पुगेको छ । स्थानीय चुनावको मुखमा पार्टी परित्याग गर्दा जनतामा पार्टी प्रति नकारात्मक सन्देश जान सक्ने एक नेताले बताए ।
सामाजिक संजाल फेसबुक मार्फत शर्माले लेखेका छन् आफू साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्। आजको मितिदेखि म नेकपा ९माओवादी केन्द्र०को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,ु उनले लेखेका छन्, आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्नेछु। जनताको निरन्तर सेवामा निस्वार्थ र सके जति भुमिकामा आफूलाई उभ्याउने छु।
स्थानीय चुनावको मुखमा यसरी आफ्नै नेता कार्यकर्ता पार्टी बाट अलग हुँदा माओवादी केन्द्रलाई नराम्ररी असर गर्ने प्रस्टै देख्न सकिन्छ । पछिल्लो समय पार्टी नेतृत्वले आक्रामक तवरबाट जनतामा जान निर्देशन दिइरहेका बेला नेता शर्माले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।