माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच आज बिहान प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो ।
एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आएका छन् ।
एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुनसक्ने अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको छ ।
आज बिहानको छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गरेका थिए । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ” भनेको स्रोतले बतायो ।
रुष्ट नारायणकाजीलाई फकाउने प्रयासमा यसअघि अध्यक्ष प्रचण्ड र वर्षमान पुन (अनन्त)ले नारायणकाजीको निवास हात्तीवनमा पुगेर छुट्टाछुट्टै छलफल गरेका थिए । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।