शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रुसी सेनालाई परमाणुअस्त्र तयारी अवस्थामा राख्न राष्ट्रपति पुटिनको आग्रह


  • सोमबार, फाल्गुन १६ २०७८
12.4K
SHARES

फाईल तस्बिर

राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिनु भएको छ । क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति मित्रतवत् व्यवहार नगरेको टिप्पणी थियो ।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी बताएका हुन् । नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध चर्को टिप्पणी गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उनले बताएका हुन् ।

पुटिनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आफ्नो पारमाणविक बललाई “विशेष सतर्क अवस्थामा“मा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको संकेतको रुपमा बुझिएको छ । रुसी आक्रमण पनि योजनाअनुसार हुन सकेको छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा