एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रमुख विपक्षी नेकपा एमालेसँग गठबन्धनको प्रयास गर्दा एमालेले विगतमा ४२ महिना मुलुकको नेतृत्व गर्दाको अवस्था हेर्न सुझाएका छन् ।
शुक्रबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो सुझाएका हुन् ।
‘एमाले नेतृत्व रहँदा ४२ महिना जुन प्रकारको समस्या राष्ट्रले भोगेको छ यो कुरा कांग्रेसले अहिले नै भुलेको छ भने त केही भन्नु छैन’ खनालले भने, ‘यो विषयमा कांग्रेस र प्रधानमन्त्रीले गम्भीरतापूर्वक सोच्नुपर्दछ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले एमालेसँग सहमति गर्दा मुलुकमा शान्ति कायम हुने दिवास्वप्न पनि नदेख्न कांग्रेसलाई सुझाएका छन् ।
‘एमालेको नेतृत्वसँग सहमति गरेर यो मुलुकमा शान्ति कायम होला, अग्रगति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकासतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ’ नेता खनालले भने ।
एमसीसी राष्ट्रियतासँग जोडिएको विषय भएको उल्लेख गर्दै एमसीसीका राष्ट्रिय सहमति आवश्यक पर्ने उनले बताए । ‘यो गम्भीर सवालमा नेपाल एक्ताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ’ उनले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।