शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

निर्वाचन सार्ने निर्णय भए मान्य नहुने : शेखर समूह


  • मंगलबार, माघ ११ २०७८
8.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ ।

कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

भर्चुअल बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए ।

भर्चुअल बैठकमा बोल्दै नेता कोइरालाले राष्ट्रिय राजनीतिका गहन विषयमा पार्टीभित्र छलफल नगर्नु गलत भएको बताए ।

‘पार्टीभित्र छलफल नगर्ने तर गठबन्धनका नाममा नेताको अनुकुल हुनेगरी प्रस्तुत हुने कुराको औचित्य छैन । संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भने ।

बैठकले बैशाखमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

‘कांग्रेसको कुनै नेताले अघिल्लो चुनाव हारेको र अहिले संसदमा जान मन लागेको भरमा संविधानविपरीत जान मिल्दैन । पहिले स्थानीय निर्वाचन हुनुपर्छ अनि संसदीय निर्वाचन हुन्छ’, बैठकमा सहभागि एक नेताले भने ।

बैठकमा १४ औं महाधिवेशनपछिको १ महिनाको अवधीको समिक्षा गरिएको थियो । सो क्रममा सबैजसो नेताहरुले सभापति देउवाले एकलौटी निर्णय गर्न थालेको, न्यायिक साझेदारी नगरेको र पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको बताएका थिए ।

बैठकमा आगामि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष समेत निकालिएको सहभागि नेताले जानकारी दिए । बैठकले सभापति देउवालाई विधान अनुसार चल्न दवाव दिने निर्णय गरेको छ । ‘पार्टी विगतमा भन्दा खराब ढंगले सञ्चालन हुन खोजेको छ ।

केही नेताको स्वार्थका लागि पार्टीलाई कमजोर बनाएर गठबन्धनलाई बलियो बनाइदैछ । हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्नेमा छौं । यसका लागि आवश्यक दवाव सिर्जना गर्छौ’, कोइराला पक्षका एक नेताले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा