शनिबार, साउन ३० २०८३
ताजा अपडेट

खुसीको खबर, स्मार्ट लाइसेन्स नवीकरण गरेको १० दिनमै पाइने !


  • शुक्रबार, मंसिर १७ २०७८
10.8K
SHARES

प्रतिकात्मक तस्बिर

यातायात व्यवस्था विभागले आगामी माघसम्म कम्तिमा पाँच लाख स्मार्ट लाइसेन्स छाप्ने भएको छ। १४ लाख स्मार्ट कार्ड आएका छन्। ति कार्डबाट दैनिक १० हजार प्रिन्ट गर्ने महानिर्देशक घिमिरेले बताए।

‘हामी बिहान ७ बजेदेखि राति ११ बजेसम्म कार्ड छाप्छौँ,’ उनले भने। विभागसँग कार्ड छाप्ने एउटा मासप्रिन्ट छ। जसले दैनिक १० हजार कार्ड छाप्छ।

त्यसपछि काठमाडौं उपत्यकाका यातायात कार्यालयहरुबाट सेवाग्राहीहरुले नवीकरण गरेको दश दिनमै स्मार्ट लाइसेन्स पाउने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए। लाइसेन्स पाउन बाँकी अरुलाई पनि क्रमशः उपलब्ध गराइने छ।
लामो समयदेखि लाइसेन्स वितरण नहुँदा हाल चारलाखभन्दा बढी चालकहरु चिटको भरमा सवारी चलाइरहेका छन्।
पछिल्लो समय भने ट्रायल पास गर्नेलाई विभागले परीक्षणकालीन लाइसेन्स वितरण गर्दै आएको छ। यसको म्याद एक वर्षको हुँदा पनि केही सहज हुने विभागको विश्वास छ।

‘नयाँलाई एक वर्षसम्म क्युआर कोडसहितको लाइसेन्स दिएपछि उहाँहरुलाई समस्या भएन। नवीकरण र पाउन बाँकी रहेकाहरुलाई पनि अब केही समयका लागि समस्या हुँदैन,’ महानिर्देशक घिमिरेले भने।

उक्त परीक्षणकालीन लाइसेन्स लिएपछि ट्राफिक नियम उल्लंघन गरी पाँच पटकभन्दा बढी कारबाहीमा परेको खण्डमा उनीहरुको लाइसेन्स खारेज हुन्छ।

उनीहरुले पुनः लाइसेन्स परीक्षा दिनुपर्नेछ। पाँच पटकसम्म ट्राफिक कारबाहीमा नपर्नेले भने एक वर्षपछि स्मार्ट लाइसेन्स पाउनेछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा