शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेकपा एमालेमा अब जनवाद सकिएछ, ओलीको डनवाद सुरु भएछ : गगन थापा


  • आइतबार, मंसिर १२ २०७८
12K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओलीसेसन चलिरहेको चलिरहेको बताउदै नेकपा एमालेमा अब जनवाद सकिएर ओलीको डनवाद सुरू भएको टिप्पणी गरेका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ओलीसेसन चलिरहेको बताएका हुन्।

उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद सुरू भएको आरोप लगाए। नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेनजस्तो लागेको भन्दै ओलीको आदर्श पुरूष हुन सेन रहेको बताए।

हुन सेनविरूद्ध लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनु परेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लेखिटिने बताए।

‘बन्दसत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो। त्यहाँ बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो। ओलीलाई सर्वाधिकार दिनुहुन्न भन्दा भीम रावलले झन्डै पिटाइ खानुभयो। अहिले प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ,’ थापाले भने,‘विधिवत् रूपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो। त्यहाँ अब केपी ओलीको डनवादमात्रै बाँकी छ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए। उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप लगाए। नेता थापाले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नुपर्ने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा