शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गृहमन्त्री बालकृष्ण खाँडको पद खुस्कियो !


  • बिहिबार, कार्तिक १८ २०७८
10.3K
SHARES

फाइल तस्विर

काठमाडौ – नेपाली कांग्रेसको नेता तथा गृह मन्त्री बालकृष्ण खाँडको पद खुस्किएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि उनको पद खुस्किएको हो ।

 

स्कटल्याण्डमा भइरहेको रास्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) अन्तर्गत विश्व नेताहरुको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री देउबा आज स्वदेश फर्किएपछि खाँडको कार्यबहाक प्रधानमन्त्री पद खुस्किएको हो ।

 

भ्रमणमा जाँदा देउवाले खाँडलाई कार्यवहाक प्रधानमन्त्रीको जिम्मा दिएका थिए । कतार एयरवेजको बिमानबाट प्रधानमन्त्रीसहितको प्रतिनिधिमन्डल ८ः३० बजे काठमाडौं बिमानस्थलमा अवतरण गरेको हो।

 

त्रिभुवन बिमानस्थलमा गृहमन्त्री खाँणलगायतले देउवालाई स्वागत गरे । २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै देउवा गत साता संयुक्त अधिराज्यको स्कटल्यान्डस्थित ग्लास्गो सहर गएका थिए ।

 

बेलायतमा रहँदा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रास्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसहित विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखलाई भेटेका थिए ।

 

कस्तो रहयो नेपालको प्रस्तुती ?

 

कोभिड–१९ प्रोटोकल बिर्सेर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनदेखि संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेससँग हात मिलाउन खोज्दा उनीहरुले कुहिनो दिएर देउवालाई असहज बनाइदिए । यहीँबाट नेपालको अपमान हुन सुरु भयो ।

 

मन्तव्यमा पनि ठूलै बमजोरी देखिए । भावना नमिसिएको मन्तव्य कमजोर हुन्छ । स्वास बिनाको अस्थिपञ्जर जस्तो हुन्छ । कोप २६ मन्तव्यमा आफ्ना दक्षिण एसियाली समकक्षीहरुले भावनात्मक कुरा जोडेर आफ्ना मन्तव्य बलियो बनाए ।

 

जस्तै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आफ्ना टापुहरु खिइँदै गएर अस्तित्व नै नामेट हुने भावुक कुरा गरे । उनले गत महिनामा आफूले ६ टापु भ्रमण गरेर आफै देखेर आएको कुरा गरे । उनले आफ्ना नागरिकहरुको नाम लिइरहे । यसले उनको देशको मुद्धा शक्तिशाली बनायो ।

 

भारतीय प्रधानमन्त्री मोदीले अर्को भावनात्मक कुरा गरे । उनले भने, ‘मेरो लागि पेरिसमा भनेको सम्मेलन एक समिट थिएन, सेन्टिमेन्ट थियो ।’ मोदीले हजारौँ वर्ष पहिलेका संस्कृत मन्त्र भन्दै आफ्नो देश संवाद र छलफल अनि सहकार्यमा तयार भएको बताए । ‘सर्वे भवःन्तु सुखीनः’ भन्दै उनले आफुले भारतको लागि मात्रै कोप २६ मा नआएर मानवतावादको लागि आएको उल्लेख गरे ।

 

श्रीलंकाली राष्ट्रपति गोबाया राजापाक्षेले बुद्धको आशिर्वादको देश भएको भन्दै जलवायु क्षेत्रमा आफ्ना सांस्कृतिक तथा भावनात्मक पक्ष जोडेर बलियो प्रस्तुति दिए । उनले आफ्नो देशको नीति निर्माणको मुटुमै जलवायुको मुद्धा भएको बताए ।

 

मन्तव्य अगाडि उनले अहिलेको समय मानवताको लागि धेरै कठिन भएको समेत भन्दै भावनात्मक सुरुवात गरे । देउवाले यस्तो केही दिन सकेनन । यो उनको मन्तव्य लेख्ने टिमको गम्भीर कमजोरी हो ।

 

देउवाले स्वच्छ, हरित र वातावरणमैत्री वातावणीय समाधानमा नेपालले काम गर्नेदेखि हिउँ कम पर्ने हुँदै हिमनदी पग्लने कुराहरु उठाए । तर, यी कुराहरुलाई तथ्यांकमा भनेनन् । वार्षिक कति हिउँ पग्लिन्छ, पछिल्ला आधा शताब्दीमा कत्ति पग्लियो, यसको दर कस्तो छ ? कति हिमनदी खुम्चिए ? यता तमाम विश्वले सुन्नुपर्ने तथ्यांक देउवाले दिन सकेनन् । ‘सगरमाथा संवाद’ गर्ने भने, तर त्यो कस्तो संवाद हो खुलाएनन ।

 

८० प्रतिशत नेपाली जलवायु परिवर्तनजन्य विपदको जोखिममा रहेको, पछिल्लो ४० वर्षमा ६० लाख डलर बराबरको क्षति भएकोदेखि नेपालले सन् २०४५ सम्म शून्य उत्सर्जन गर्ने जस्ता तथ्यांकगत कुरा गरे पनि आफ्ना समकक्षीस्तरको तथ्यांक दिन देउवा असफल भए । नेपालको उत्सर्जन प्रतिशत कति र प्रभाव कति जस्ता कुरासमेत अटाएनन् ।

 

भारतीय प्रधानमन्त्रीले आफ्नो जनसंख्या विश्वको १७ प्रतिसत भए पनि उत्सर्जन पाँच प्रतिशत मात्रै भएको भन्दै तथ्यांककै कुरा गरे । आफू भारतको कामको फेरिहस्त सहित आएको भन्दै मोदीले तथ्यांकको चाङ प्रस्तु गरे । भारतका ४० प्रतिशत नागरिक रेल चढ्ने भन्दै मोदीले २०३० भित्र रेल क्षेत्रमा शुन्य उसर्जन गर्ने बताउँदै सन् २०७० मा देशमै सुन्य उत्सर्जन गर्ने तथ्यांक दिए ।

 

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बंगलादेशले ०।४७ प्रतिशतभन्दा कम उत्सर्जन गरे पनि बंगलादेशले धेरै पीडा भोगेको तथ्यांक राखिन् ।

उनले अन्य महत्वपुर्ण तथ्यांकहरु समेत पेश गरिन् । उनले २०४१ भित्र बंगलादेशले ४० प्रतिशत उर्जा सौर्य उर्जाबाट प्रयोग गर्ने बताइन् ।

 

मन्त्रालयदेखि राष्ट्रिय योजना आयोगसम्मका आधा दर्जन सचिव र २० जनाको जम्बो भ्रमण दल भएको नपालका प्रत्यक्ष प्रभाव तथ्यांकमा देखिएन । यो सम्बन्धित सचिव र मन्त्रालयको कमजोरी हो । आफ्नो विशाल उपस्थिति हुँदाहुँदै आफ्नो प्रधानमन्त्रीको तथ्यांकलाई दक्षिण एसियाली समकक्षी जत्तिकै स्तरको पनि नबनाउनु दुुःखद हो ।

 

त्यस्तै, चिर्कटोमा लेखेको सम्बोधन गर्नेहरुमा नेपालका प्रधानमन्त्री देउवासहित बंगलादेशकी प्रधानमन्त्री शेख हसिना तथा माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह थिए । पाकिस्तानी प्रधानमन्त्री समारोहमा आएनन् ।

 

तालिवान शाषित अफगानिस्तान सहभागी हुने कुरा भएन । भुटानी मन्तव्य इन्टरनेटमा यो सामग्री तयार गर्दासम्म अहिलेसम्म उपलब्ध भएन । चिर्कटोमा मन्तव्य दिएकामध्ये सबैभन्दा फितलो प्रस्तुती देउवाको देखिन्छ । उनले मन्तव्यभरी त्यही चिर्कटो मात्रै हेरिरहे ।

 

पाँचपटक प्रधानमन्त्री भएको अनुभव र आत्मविश्वास उनको मन्तव्यमा झल्किएन । जबकि चिर्कटो लिएरै मन्तव्य गर्ने उनका दक्षिण एयिसाली समकक्षीहरुले तुलनात्मक रुपमा आकर्षक मन्तव्य, आत्मविश्वासी हाउभाउ देखाए ।

 

भारतिय प्रधानमन्त्री मोदीले इन्स्टल्र्ड नविकरणीय उर्जा क्षेत्रमा भारत विश्वको चौँथो ठुलो देश भएको उदाहरण पेस गरे । एलइडी बल्ब प्रयोग बढाएर उसर्जन लाखौँ टन घटाइएको फेहरिस्त सुनाए । पेरिस सम्झौताको अक्षरश पालना गर्न भारत अगाडि बढेको फेरिहस्त सुनाए ।

 

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले बोरिस जोन्सनले चलाएको सेसनमा बोल्दै आफ्नो देशले तीन करोड रुख रोपेको बताइन् । अर्को मन्तव्यमा उनले बंगलादेशले पछिल्ला सात वर्षमा वातावरण क्षेत्रमा लगानी दोब्बर गरेको बताइन् । उनले म्यानमारबाट आएका १४ लाख शरणार्थीको कारण जंगल फँडानी बढेकोले त्यतातर्फ समेत विश्वको ध्यान तानिन् ।

 

श्रीलंकाका राष्ट्रपति गोतावाया राजापाक्षेले श्रीलंकाले रसायनिक मल निषेध गरेको बताए । जलवायु परिवर्तन र माटोको उर्बरा शक्ति नासदेखि जलश्रोतमा असर परेको भन्दै रसायनिक मल पूर्ण बन्द गरेको भन्दै अरु देशले पनि यस्तै गर्न सक्ने बताए ।

 

प्रधानमन्त्री देउवाले भने प्रतिद्धताबाहेक नेपालले गरेको विश्व उदाहरण हुने खालका कुनै फेरिहस्त देखाएनन् । यसमा प्रधानमन्त्रीका सल्लाहकार तथा मन्त्रालयहरुको फितलो तयारी देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा