शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सत्तामा अडिने प्रचण्डको चाहानामा पूर्णविराम लाग्ने, एमसीसीको प्रयोगले सत्ता गठबन्धन तोडिने


  • बुधबार, भाद्र २३ २०७८
12K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको दाबी गरे सँगै एमसीसी प्रकरणले सत्ता गठबन्धन तोडिन सक्ने सङ्केत आएको छ ।

आज बुधवार बिहान जनयुद्धका सहिद सुरेश वाग्ले वासुको २२औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरुले एमसीसीको प्रयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने प्रयास गरिरहेको टिप्पणी गरे सँगै सत्ता गठबन्धन अबका दिनमा बाकी नरहने तर्फ सङ्केत भएको छ ।

उनले देशभित्रका र बाहिरका शक्तिहरू एमसीसी लगाइदिएपछि गठबन्धन भत्किन्छ भन्ने सोचले अगि बढेको कारण अप्ठ्यारो सिर्जना भएको समेत भनेका थिए । देशमा नयाँ आन्दोलन चाहिने देखिएको भनाइले झनै सत्ता गठबन्धन हल्लिएको सङ्केत पाउन सकिन्छ ।

नेकपा एमाले फुटेर माधव नेपाल, प्रचण्ड, उपेन्द्र यादव लगायतका नेताहरूको गठबन्धन धराप परि सकेको एक जानकार बत्ताउँछन् । आज आएको प्रचण्डको अभिव्यक्तिले झनै गठबन्धनमा खटपट भएको सङ्केत आएको बताइन्छ । सत्ताको नेतृत्व गरेको काँग्रेस एमसीसीको पक्षमा छ भने प्रचण्ड र माधब नेपालले जस्ताको तस्तै एमसीसी पास नहुने भनेको अवस्थामा एमसीसी प्रकरणले नै गठबन्धन फुट्ने सङ्केत देखिएको छ ।

सत्ताकै पेरीफेरीमा सक्तीकै केन्द्रमा रहने प्रचण्डको रणनीति गठबन्धन भत्किएको खण्डमा पुरा हुने अवस्था छैन । आजको उनको अभिव्यक्ति गठबन्धन मा खटपट भएको सङ्केत पाउन सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा