शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लौ अचम्मै भो, गोकुल बास्कोटालाई काँग्रेस सभापति देउवा असाध्यै मन पर्‍यो !


  • बिहिबार, साउन २८ २०७८
9.3K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बास्कोटाले आफूलाई काँग्रेस सभापति शेरबहादुर देउवा मन परो भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् ।

देउवा मन पर्नुको कारण फरक छ । काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा नेत्री आरुजु देउवा नेतृत्वमा साइबर सेल बनाउने सफलता पाएकोमा र जुन टिमले अहिले सोसल साइटमा भव्य देउवा प्रदर्शनी चलाउँदै आएकोले उनले देउवा मन पराएको बताएका छन ।

उनले सोसल साइटमा लेखेका छन् “मलाई पनि देउवा मन परो। किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल काँग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर (जो अहिले काँग्रेस आइको लागि काम गर्न गैसकेका छन्) कै सिको गर्दै आरजु भाउजूको नेतृत्वमा साइबर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भव्य देउवा प्रदर्शनी चलाउँदै छ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा