शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उपत्यकामा थपिए १,२७९ कोरोना संक्रमित


  • बुधबार, साउन २० २०७८
10.3K
SHARES

फाइल तस्बिर

काठमाडौं उपत्यकामा बुधबार १२७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ गरी १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ४१०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको छ ।

यस्तै १,५३५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।

यस्तै कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा