शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बागमती प्रदेशमा साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप


  • सोमबार, साउन १८ २०७८
8.5K
SHARES

फाइल तस्विर

बागमती प्रदेशका ८ लाख ७१ हजार ९४ जनाले कोरोना विरुद्धको खोप सेवा लिएका छन् । यो प्रदेशका १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट साउन १८ गतेसम्ममा जोन्सन एण्ड जोन्सन, कोभिसिल्ड, भेरोसेलको पूर्ण डोज लगाउनेहरुको संख्या हो ।

बागमती प्रदेशमा कोभिसिल्डको दुवैमात्रा खोप लगाउनेको संख्या १६ हजार ४ सय ९० जना, भेरोसेलको दुवैमात्रा लगाउनेको संख्या ४ लाख ४६ हजार ७ सय ८८ जना र एक मात्रा मात्र लगाए पुग्ने जोन्सन खोप लगाउनेको संख्या २ लाख ६३ हजार ८ सय १६ जना रहेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ८९ हजार ८ सय ९४ जना, ललितपुरमा २१ हजार २ सय ११ जना, भक्तपुरमा ७ हजार ४ सय ५९ जना, रसुवामा ९ सय ९९ जना, नुवाकोटमा ४ हजार ३ सय ६० जना, धादिङमा २ हजार ७ सय ४३ जना, चितवनमा १३ हजार १ सय ८९ जना, मकवानपुरमा ५ हजार ९ सइ ५५ जना, सिन्धुलीमा १ हजार ७ सय ९८ जना, रामेछापमा १ हजार ७ सय २२ जना, दोलखामा १ हजार ९ सय ३१ जना, काभ्रेमा ६ हजार ४ सय २ जना र सिन्धुपाल्चोकमा २ हजार ८ सय २७ जनाले कोभिसिल्डको दुवै मात्रामा खोप लगाएका छन् ।

यसैगरी बागमती प्रदेशमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका मध्ये ४० दशमलव ४८ प्रतिशतमा मात्र दोस्रो मात्रामा पहुँच उपलब्ध भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भेरोसेल खोप लगाउनेहरूमा काठमाडौंका २ लाख ४४ हजार ६ सय ५० जना, ललितपुरका ८० हजार १ सय ४८ जना, भक्तपुरका ७७ हजार ५९ जना, रसुवाका २ हजार ६ सय ९९ जना, नुवाकोटमा ६ हजार ६ सय ८५ जना, धादिङका ४ हजार २ सय ७८ जना, चितवनका १० हजार ७ सय ५५ जना, सिन्धुलीका २ हजार ८ सय ९७ जना, मकवानपुरका ४ हजार ७ सय ६८ जना, रामेछापका ९ सय १४ जना, दोलखाका ५ सय ९३ जना, काभ्रेका ६ हजार ३ सय ७ जना र सिन्धुपाल्चोकका ५ हजार ३५ जना रहेका छन् ।

बागमती प्रदेशमा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कुल संख्याको ४१ दशमलव ५९ प्रतिशतले मात्र दोस्रो मात्रा पाएका छन् भने अन्य व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम सेढाईले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा