शनिबार, साउन ३० २०८३
ताजा अपडेट

महाराजगञ्जबाट समातिए डाक्टर, कीर्ते काम गरेको आरोप


  • आइतबार, साउन १० २०७८
10.5K
SHARES

विजयश्याम रञ्जित

काठमाडौं । डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका -२ का ३६ वर्षीय विजयश्याम रञ्जित रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रञ्जितलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार विहान साढे ९ बजे पक्राउ गरेको जनाएको छ ।

उनले नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ ।

प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा