शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एक पटकका लागि सभापतिमा सहयोग गर्न कोइरालालाई पौडेलको आग्रह


  • सोमबार, असार १४ २०७८
11.8K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।

भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा