शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रपति भण्डारीद्धारा बहुमतको सरकार गठनका लागि आह्वान


  • सोमबार, बैशाख २७ २०७८
19K
SHARES

फाईल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छन् । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई यही वैशाख ३० गते ९ बजेभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत प्राप्त गर्न सफल नभएपछि राष्ट्रपति भण्डारीले सरकार गठन आह्वान गरेकी हुन् । आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा