काठमाडौँ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तराष्ट्रिय ‘३२५ A 1’ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को प्रेसिडेन्टमा लायन विकास श्रेष्ठ मनोनित भएका छन् ।
चार्टन प्रेसिडेन्ट श्रीकृष्ण (आयन) श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको भर्चुअल मिटिङ्गबाट नेवा पुचः का सदस्यहरुले श्रेष्ठ सहित ५ जनालाई पदाधिकारीमा चयन गरेका हुन् ।
उपाध्यक्षमा भाईनारायण श्रेष्ठ, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।
श्रेष्ठको नेतृत्वमा बनेको ५ सदस्यको पदाधिकारीले १ वर्ष (लायनिष्टिक एअर २०२१/०२२) समयका लागि काम गर्ने जनाइएको छ ।
प्रेसिडेन्टमा चयन भए पश्चात केटिएम खबरसंग कुराकानी गर्दै विकास श्रेष्ठ भन्छन्–प्रेसिडेन्ट बनेसंगै थप जिम्मेवारी थपिएको छ । मनोनित गर्न सहयोग प्रदान गर्ने चार्टर प्रेसिडेन्ट श्रीकृष्ण (आयन) श्रेष्ठ जो मेरो अनन्य मित्र समेत हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद ज्ञापन गर्छु । साथै सम्पुर्ण सदस्यहरुलाई पनि धन्यवाद दिन्छु । लायन्स क्लब ‘३२५ A 1’ का डिष्ट्रिक गभर्नर रेवत कार्कीले लिएको लायनिष्टिक एअरको मिसन, भिजनलाई सफल बनाउँन हाम्रो टिम प्रतिवद्ध भएर लाग्ने कुरा समेत अवगत गराउँदछु ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।