बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव प्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको छ ।
नगरपालीका स्राेतका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले कोरोना परीक्षण गराएपछि कोरोना पोजेटिभ देखिएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाका अनुसार उनमा लक्षण समेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेका छन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।