शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी पास गर्न एमालेसँग मोटामोटी सहमति भयो : मीन विश्वकर्मा


  • शुक्रबार, फाल्गुन १३ २०७८
7.8K
SHARES

फाइल तस्बिर

काँग्रेस नेता मीन विश्वकर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न प्रमुख प्रतिपक्षी एमालेसँग मोटामोटी सहमति भइसकेको बताएका छन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले एउटा ठोस निर्णय लिने उनको भनाइ छ ।

गठबन्धनमा आबद्ध भएर पनि माओवादीले सरकारलाई सहयोग नगरेकाले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्नेबारे एमालेसँग सहमति नजिक पुगेको नेता विश्वकर्माले जानकारी दिए ।

सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन नगरेपछि काँग्रेस एमालेसँग नजिकिन लागेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा