शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

एमसीसी पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ : डा महत


  • मंगलबार, फाल्गुन ३ २०७८
8.1K
SHARES

फाइल तस्विर

काँग्रेस नेता डा रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् । काँग्रेसले सांसद नभएपनि पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो ।

महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ । एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’

उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए । ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’

उनले काँग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहोर्याए । ‘यत्रो समय अमेरिकाले सहुलियत दियो । अब कुनै हालतमा पारित गर्नुपर्छ’, उनको भनाइ थियो, ‘एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ । अहिले आयात बढ्दो  र निर्यात घट्दो क्रममा हुँदा व्यापार घाटा थेगिनसक्नु छ’, उनले भने, ‘एमसीसी पास गराएर प्रशासरण लाइनमार्फत विद्युत निर्यात गर्न सक्छौँ । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा