बुधबार, साउन १३ २०७८
ताजा अपडेट

माओवादी युद्ध पनि प्रायोजित थियो, नेपालका कम्युनिस्टहरू पनि प्रायोजित हुन !

राजाको आँखामा विदेशी प्रभुले धुलो छरे, माओवादी युद्धलाई छिमेकीले हिन्दु राज्य र राजाकै विरुद्ध कुटिल तरिकाबाट प्रयोग गरे परिणामतः छिमेकीकै षडयन्त्रमा राजा र हिन्दु राज्य बिदा भयो


  • KTM Khabar
  • मंगलबार, साउन ५ २०७८
5.4K
SHARES

लेखक/रबि भट्टराई

नेपालमा कम्युनिस्ट पार्टीहरूको उदयसँगै आफूहरूलाई कम्युनिस्ट भन्न रुचाउने पार्टीका उच्च पदमा आसीन नेता हरुले हरेक सभा सम्मेलन तथा भेटघाटमा साम्यवाद, माक्सबाद, लेलिनबाद ,माओवाद अझ माक्स,एङ्गेल्स,लेलीन जस्ता व्यक्तिको नाम लिएको सुनिरहँदा स्कुले अवस्था देखिनै कौतुहलता लाग्ने गर्थ्यो यस्ता नामधारीहरू को हुन ? र यिनीहरूले भन्ने गरेको साम्यवाद के हो ?

अझ हामी स्कुल पढ्दाताका तत्कालीन माओवादी फौज र सरकारी फौज बिच भएको युद्धलाई गाउँमा पिल्सिएर तत्कालीन माओवादीका लालसेनाहरुबाट हामी स्कुले भुरा हरूलाई जबरजस्त दिएको प्रशिक्षणले झनै यो विषयमा मलाई उत्सुक बनाउँथ्यो ।

मेरा सहपाठीहरू तत्कालीन माओवादी सेनाको प्रशिक्षणमा मोहित भएर स्कुल पढ्दा पढ्दै बन्दुक बोकेर जङ्गल पसे, अहिले कहाँ छन् के गर्दै छन् अत्तो पत्तो छैन ।

तर तत्कालीन माओवादीले हामी स्कुले भुराहरूलाई दिएको साम्यबादी प्रशिक्षण चानचुने थिएन हामी भुराको मनमा साम्यवाद जस्तो जटिल विषयलाई भरेर त्यसका निम्ति बन्दुक उठाउन तयार पार्ने कुरालाई सामान्य भन्न त नमिल्ला तर त्यो कलिलो मानसपटलमा, सही र गलत छुट्टाउन सक्ने दिमाग विकास नभएको अवस्थाका, त्यस्ता भुराहरूलाई उग्र प्रशिक्षणले मोहित बनाएर युद्धमा होमिन लगाउनु सही या गलत के थियो यसबारे इतिहासले मूल्याङ्कन गर्दै जानेछ ।

अहिले म यो भन्न सक्छु तत्कालीन माओवादी आन्दोलन साँच्चिकै जनताको हितमा भन्दा कुनै शक्तिकेन्द्रबाट प्रायोजित थियो । अझ यसलाई समयले प्रस्ट पार्दै जानेछ ।

तत्कालीन माओवादी युद्धताका एक दीन हैन दुई दीन हैन दिनै जसो तत्कालीन माओवादीका भूमिगत नेताहरूले हामी भुराहरूलाई प्रशिक्षण दिएको अहिले पनि मलाई झलझली सम्झना आउँछ । युद्धताका राज्यका सुरक्षा अङ्गको उपस्थिति महिनामा १ पटक मरेर हुने हाम्रा गाँउहरुमा दिनै जसो साम्यवादका गानाहरू घन्किएपछि माओवादीले ओकलेको साम्यवादी धारणा साँच्चिकै राम्रो रहेछ भन्ने पर्नु स्वाभाविक थियो ।

त्यसबिचमा शान्ति सम्झौता भयो र माओवादीले हतियार छोड्यो, चुनावमा भाग लियो परिणाम माओवादी सबैभन्दा ठुलो दल हुन पुग्यो तर यो कुनै बादले जितेको थिएन, यो त जनताले नयाँ शक्ति त्यो पनि युद्धबाट आएको यसले केही गर्ला की भन्ने आस अनि बन्दुकको त्रासले मतदान गरेका थिए तर माओवादी खरो उत्रन सकेन । भनौँ सत्ताको लागी मात्र दगुरे जस्तो देखिन पुग्यो । वास्तवमा सत्ताकै लागी दगुर्यो र अहिले सम्म बचेको माओवादी केन्द्र भन्ने पार्टी जसको नेतृत्व प्रचण्डले गर्छन् उनी अझै सत्ताकै लागी दोडदै छन ।

प्रचण्ड लगाएत जसले आफूलाई कम्युनिस्ट भन्ने गर्छन्, त्यसताका साम्यवादका पुराण लेलीन र माक्सका थ्यौरीहरु हुबहु ओकल्दै उग्र भाषण र आन्दोलन तर्फ उन्मुख हुँदै गए, बिचमा फेरी चुनाव भयो, भाग लिए तर देशब्यपी रूपमा धुलाई खान पुगेपछि हामी परिणाम स्बिकार्दैनौ धादली भयो भनेर उही जमानाको लेलीनी थ्यौरीका टुक्का हरु जोडेर आफ्नै किसिमको दृष्टान्त दिन छोडेनन् ।
अहिले त सम्यबाद लेलिनबाद माक्सबाद र मओबादको उग्र कुरा गर्ने नेतृत्वको वर्तमान अवस्था हेर्दा लाग्छ सबका सब प्रायोजित थियो र जनताका लागी बन्दुक उठाएको हैन आफ्नो सत्ताको मोहका लागी या राजसंस्थालाई तिलाञ्जलि दीन बिदेसी शक्तिको प्रयोजनमा उभिएको युद्ध थियो ।

जुन युद्धको प्रयोजन गर्ने विदेशी शक्ति केन्द्रले राजको दिमाग भुटेर त्यही युद्धलाई बहुदलका विरुद्धमा खडा गर्दियो किनभने राजालाई बहुदल चित्त खासै नबुझेको हुन सक्थ्यो ।

त्यही कमजोरीलाई विदेशी एजेन्टले क्यास गर्दिए । यो कुरा हाम्रा राजाले बुझेनन् या सत्ताको उन्मादले बुझ्ने कोसिस गरेनन् या बहुदललाई निस्तेज पार्दा आफू झन् शक्तिशाली भइन्छ भन्ने राजको चाहाना भयो उता कसैगरी छिमेकीको सेन्टिमेन्ट जोडिएको हिन्दु राज्य र राजसंस्था हटाउनु छिमेकीको एक मात्र मिसन थियो । जुन मिसनमा राजा र तत्कालीन माओवादीलाई कुटिल तरीकाले छिमेकीले प्रयोग गर्यो । प्रयोग भएको तत्कालीन राजालाई पत्तै भएन भने माओवादी प्रयोग हुन पुग्यो ।

राजाको आँखामा विदेशी प्रभुले धुलो छरे माओवादी युद्धलाई छिमेकीले राजाकै विरुद्ध कुटिल तरिकाबाट प्रयोग गरे, राज स्वयमले पनि बहुदलका बिरुद्ध होला भन्ठाने, परिणामतः छिमेकीकै षडयन्त्रमा राजा र हिन्दु राज्य बिदा भयो ।

यता युद्धरत प्रचण्ड नेतृत्वको माओवादी युद्ध नै छिमेकी बाट प्रायोजित थियो जसको एक मात्र उद्देश्य हिन्दु राज्य हटाउनु र हिन्दुको सेन्टीमेन्ट बोकेको राजसंस्था मास्नु थियो । जुन कुरा छिमेकीले कुटिल तरिकाले माओवादी युद्धलाई प्रयोग सिद्ध गर्यो ।
विदेशीको चाहाना पुरा भयो । हिन्दु राज्य सकियो र राज पनि बिदा भए । यो कुरा अन्तिममा राजालाई थाहा भएको हुनसक्छ तर ढिला भइसकेको थियो ।

राजालाई सकाउनु र हिन्दु राज्यलाई मेटाउनु त्यो पनि विदेशीको इसारामा बाहेक माओवादी लडाको औचित्य केही मैले देख्न सकिन यदि यसको औचित्य थियो भने युद्धमा संगै भएका एकसेएक नेता प्रचण्ड सँगै हुनुपर्ने हैन र ?

हो त्यसैले माओवादीको लडाई मात्र राजलाई र हिन्दु राज्यलाई फाल्न राजाकै सहयोग लिएर उठाएको प्रयोजीत विदेशीको डिजाइन थियो । जुन कुरा राजाले बुझिसक्दा सत्ता नै गयो । प्रचण्ड सँग जोडिएका साराका सारा नेताहरू फुट्नु स्वभाबिक हो । किनभने एक ढिक्का भए भने यिनीहरूको महत्त्वाकाङ्क्षा धेरै बडेर जान्छ र हाम्रो कुरा बिक्दैन भन्ने कुरा विदेशीले राम्ररी बुझेका छन् । त्यसैले प्रायोजित मावोवादी आन्दोलन र त्यसका नेताहरूलाई विदेशीले छिन्न भिन्न बनाइदियो । अझै स्पष्ट समयले बताउँदै जानेछ ।

अब मलाइ के रहेछ साम्यवाद ? हाम्रो देशका माओवादी ले चाहेको साम्यवाद कस्तो हो ? भन्ने विषयमा त्यतिखेरै उत्सुकता बढेको थियो । र यो उत्सुकता अहिले चाही माओवादीका नचाहीने हरकत अझ प्रचण्डका ओरालो लग्दो लोकप्रियता भनौँ या जनतालाई छक्काउने जालझेल र सत्ताको मोहमा पर्ने उनका गतिविधिले माओवादी सबका सब नक्कली र प्रायोजित हुन भन्नलाई मलाई कुनै हिचकिचाहट भएको छैन ।

आखिर असली साम्यवाद के हो ? र प्रचण्ड लगाएताका अन्य नेता कम्युनिस्ट हुन ?

म एकबाक्यमा भन्दै छु ,यो मुलुकमा सक्कली कम्युनिस्ट छैनन् । केपी ओलीले नेतृत्व गरेको र प्रचण्ड लगाएतले नेतृत्व गरेका पार्टीका नेताहरु कम्युनिस्ट भन्ने तर काम गैर कम्युनिस्ट नितान्त व्यक्तिवादी छन् । त्यसैले सत्तामा पुगेका या सत्ता पेरीफेरी रहेका हरू भन्ने मात्रका कम्युनिस्ट हुन । काङ्ग्रेस कम्युनिस्ट जे भन्नुहोस् पार्टीको नाम फरक हो तर सबै एकै हुन ।

म सारमा भन्दै छु, सन् १८४० को दशकमा पेरिसमा सर्बप्रथम प्रयोग भएको साम्यवाद शब्दले तिनओटा अन्तर सम्बन्धित तर प्रस्ट परिस्थितिलाई बुझाउने रहेछ । आदर्श,कार्यक्रम,र स्थापित आदर्शलाई हासिल गर्न एउटा स्थापित शासन प्रणाली । सन् १८४८ मा प्रकाशित कम्युतिष्ट घोषणा पत्रमा माक्स र एङ्गेल्सले लेखेका रहेछन् (कम्युनिस्ट हरूको सिद्धान्तलाई एउटै वाक्यमा सार खिचेर भन्न सकिन्छ निजी सम्पत्तिको खारेजी )

अब मेरो मनमा अहिले ठुलो प्रश्न गढेको छ नेपालमा कति त्यस्ता कम्युतिष्ट छन् जसको निजी सम्पत्ति छैन त ?
मक्स र एङ्गेल्सकलाई आदर्श मान्ने हो भने, साँच्चिकै क्रान्तिकारी हुनलाई त निजी सम्पत्ति पार्टीका नाममा हुनु पर्यो नि ? आखिर त्यस्तो छ त ? अनि गाउँ स्तर देखि माथि सम्मका क्रान्तिकारी भन्ने हरुले पार्टीका नाममा आफ्नू जायजेथा दान गर्न सक्लान् त ? मलाई त त्यस्तो लाग्दैन, हो त्यहि भएर आफ्नू निजी सम्पतिको बचाउ गर्ने तथाकथित माओवाद,माक्सबादको नाममा राजनीति गर्ने अनि अवसरको खोजी गर्दै पार्टी चाहर्दै हिँड्ने पदमा लपक्कै टाँसिने सुटेट बुटेटलाई कुनै पनि हालतमा माओवादी भन्न सकिँदैन ।

अब माक्स,लेलीनका र एङ्गेल्सका विषयमा अरु कुनै समयमा म लेख्ने प्रयास गर्ने छु ,तर मैले स्कुले उमेर देखिनै सुन्दै आएका यिनीहरूको नाम अनुसारको सम्मानित काम भने मैले पाउन सकिन या मेरो अध्ययन त्यो अवस्था सम्म पुगेकै छैन । यो विषयमा पनि म कुनै दिन लेख्ने प्रयास गर्ने छु । तर अहिले यो सुनिरहने माक्सबाद र लेलिनबादका विशेषता कोट्याउने प्रयास गर्छु ।

माक्सबाद र लेलिनबादका विशेषताहरू

१) सैनिक शैलीमा सङ्गठित एक्लो,एकाधिकार बादि पार्टीको शासन र त्यसप्रति कुनै प्रश्न नउठाउने किसिमले सबैले आज्ञापालन गर्नुपर्ने
२) बिना कुनै बाहिरी नियन्त्रण यो शासन लाई लागु गरिने
३) उत्पादनका साधन उपर निजी सम्पत्तिको खारेजी र सोही अनुसार सम्पूर्ण मानवीय तथा भौतिक साधनहरूको राष्ट्रियकरण,
४) मानव अधिकार प्रति बेवास्ता
५) यस्ता शासन व्यवस्थाहरूले सत्तारुढ पार्टी सर्बज्ञाता र सर्व शक्तिमान हुने कुरामा जोड दिने,
६) सबै जसो उदाहरणहरूमा पार्टी भन्ने कुरालाई एक जना नेतामा मूर्तरूप दिँदै,सबै मुद्दाहरू एकै ब्यक्तिमा समाहित गर्दै, उसलाई भगवानझै पुजिने ।

साम्यबादिहरुले माथिका बुँदाहरू लाई पछ्याउँछन्, माक्स र लेनिनले पनि यस्तै बुँदाहरूको फलो गरेर भगवानझै पुजिने बाताबरण सिर्जना गरेका रहेछन् ।

अब फेरी मेरो मनमा प्रश्नले डेरा जमाउँछ के यस्ता साम्यबादी अभ्यासहरू हाम्रो देशको माटो सुहाउँदो होला त ? अनि एउटै व्यक्तिमा सबै मुद्दाहरू समाहित गरेर व्यक्तिलाई सिङ्गो पार्टी मानेको खण्डमा व्यक्ति फटाहा भइदियो भने कस्तो स्थिति सिर्जना होला त ? यो विषयमा तपाई सम्पूर्ण पाठक समक्ष जिज्ञासा राख्न चाहन्छु ।

अन्त्यमा ः एउटा साधारण मान्छेलाई कुनै बाद र सिद्धान्त भन्दा पनि जनताको पक्षमा निर्णय लिने पार्टी प्यारो लाग्छ यसमा दुई मत छैन । मैले हजारौँ पटक सुन्दै आएको साम्यवादलाई मेरो मानसपटलले भ्याएसम्म सारंसमा पोखेको हुँ । मेरो बुझाइमा बिचारको प्रबाह,सङ्गठनको गतिशीलता र सक्षम नेतृत्व गुण बाट मात्र राजनैतिक दल जीवन्त हुन सक्छ र यसले मात्र जनताको पक्षमा निर्णय लिन सक्छ हैन भने जुनसुकै वाद आए पनि कसैले केही गर्नेवाला छैन । अनि हाम्रो मुलुक छिमेकीको दबाब र प्रभावमा चलेको कुरा नकार्न सकिन्न त्यसैले सर्बभौम मुलुकमा दबाब र प्रभाव नमान्ने नयक जन्मनु आवश्यक छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा