बुधबार, साउन १३ २०७८
ताजा अपडेट

कांग्रेस जिल्ला सभापतिमा समाजसेवी राजु श्रेष्ठको उम्मेदवारी


  • KTM Khabar
  • शुक्रबार, साउन १ २०७८
4.7K
SHARES

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि स्थानीय तहदेखि केन्द्रीय तहसम्म उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । तर, नेपाली काँग्रेसको संगठन भने कमजोर हुँदै गएको हो कि भन्ने देखिएको छ । संस्थापक नेताहरू बिच वैचारिक, संगठानात्मक र निष्ठाको राजनीति समेत ओझेलमा पर्न थालेकोमा नेपाली  काँग्रेस कार्यक्रताहरु चिन्तित हुन थालेका छन्  । यसले समग्र नेपाली काँग्रेसमा नैरास्यता  मौलाएको छ ।
यस्तो अवस्थामा संगठनको प्रत्येक संरचनामा जनताको मन जित्न सक्ने, हरेक समस्यामा जुध्न सक्ने, प्रतिस्पर्धी पार्टीहरूसँग सबै विषयबाट मुकाबिला गर्न सक्ने अब्बल युवा नेतृत्व हुनुपर्नेमा अधिकांश कार्यक्रताहरुको माग रहेको छ ।

 

पार्टीमा समर्पित अग्रजहरूको सम्मान गर्दै नयाँ पुस्तालाई ऊर्जा दिन सक्ने नेतृत्वको खोजी  आजको नेपाली काँग्रेसको आवश्यकता बनेको छ  । यही आवश्यकता र चाहना पुरा गर्न सक्ने खालाको नयाँ नेतृत्वको खोजीमा रहेको काँग्रेस मनोविज्ञानका बिच देशको राजधानी काठमाडौँ जिल्लाको नेतृत्व लिनका लागि केही परिचित अनुहारहरू चर्चामा आएका छन् । ती मध्येका चर्चामा रहेका एक पात्र हुन राजु श्रेष्ठ ।

नेपाल सांस्कृतिक संघका कार्यबहाक सभापति समेत रहिसकेका नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति राजु श्रेष्ठको परिचय यतीमा मात्रै सीमित हुँदैन । गहन रूपमा नियाल्ने हो भने सहजै देख्न सकिन्छ उनको झाँकिएको व्यक्तित्व ।

विनाशकारी भूकम्पमा श्रेष्ठको अगुवाइ 

विनाशकारी भूकम्पमा व्यक्तिगत रूपमा उनले गरेको योगदान र पार्टीगत रूपमा उनको नेतृत्वमा सञ्चालन भएको विपद् व्यवस्थापनको कार्य सायदै नेपाली काँग्रेसको इतिहासबाट मेटिएला । नेपाली काँग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्य सहित विपद् व्यवस्थापनको संयोजकका रूपमा काठमाडौँका विभिन्न स्थानहरू मात्रै नभई काभ्रे, ललितपुर, सिन्धुपाल्चोक, भक्तपुर लगायतका जिल्लाहरूमा विपदव्यवस्थापनका लागि सञ्चालन गरेको कार्यले सिङ्गो नेपाली काँग्रेसको शिर उँचो राख्न सफल भएका थिए । त्यस कारण जो कोहीले सहजै देख्न सक्छ कि राजु श्रेष्ठमा समाज सेवा तथा आफ्नो कर्तव्य पुरा गर्न हरदम लागी पर्छ ।

काठमाडौँ धार्मिक सर्किट 

बुढानीलकण्ठ क्षेत्र विकास कोषको सदस्यसचिव रहेर आफ्नो क्षेत्रको सम्पदा संरक्षण सहित सामाजिक क्षेत्रमा अग्रसरता देखाउने राजु श्रेष्ठले तयार गरेको गुरुयोजनामा अहिले सम्म बुढानीलकण्ठ क्षेत्र विकास कोष सञ्चालन भइरहेको छ । श्रेष्ठले विभिन्न चाडपर्वको अवसर पारेर आफ्नो निजी खर्चमा बुढानीलकण्ठका बृद्धबृद्धाहरुलाई काठमाडौँका विभिन्न धार्मिक स्थलहरूमा भ्रमण गराउँदै काठमाडौँलाई एक धार्मिक सर्किटका रूपमा स्थापित गर्न सकिने सम्भावनाको मार्ग कोरिसकेका छन् ।

सम्पदा अभियान 

काठमाडौँको पुरातात्त्विक सम्पत्तिहरूको संरक्षण र यसको संवद्धनका लागि भन्दै सुरुवात गरेको सम्पदा अभियान सम्भवत नेपालको एक उदाहरणीय कार्यमा स्मरण गरिन्छ । प्रत्येक शनिवार मठ, मन्दिर, सरसफाइ, संरक्षण र त्यसका लागि आवश्यकता अनुसार स्थानीयको समेत सहभागितामा जीर्णोद्धार गर्ने कार्य निकै प्रशंसा योग्य रहेको थियो ।

अ‍ैचोपैचो अभियान 

कोभिड संक्रमणका कारण रोकिएको सम्पदा अभियानको थकाई मार्न नपाउँदै कोभिड संक्रमणका विरुद्ध काठमाडौँमा अ‍ैचोपैचो अभियानको सुरुवात गर्दे आफ्नो समाजसेवा प्रतिको लगावलाई निरन्तरता  दिइरहेका छन् ।

खेलकुद मार्फत युवा सक्रियता 

मार्सल आर्ट्स खेलका कुशल खेलाडी हुँदै अन्तर्राष्ट्रिय पहिचान  बनाएका राजु श्रेष्ठ काठमाडौँ भित्रका परिचित खेलाडी तथा खेलकर्मी हुन  । किक बक्सिङ खेल मार्फत अन्तर्राष्ट्रिय एरिनामा नेपालको झण्डा बोक्ने खेलाडी मात्रै होइन, एक कुशल प्रशिक्षक समेत हुन । श्रेष्ठका चेलाहरू अहिले मार्सल आर्ट्स विधा अन्तर्गतका विभिन्न कराँते खेलका प्रशिक्षक तथा संघका अध्यक्ष र पदाधिकारी रहेर कार्यहरू गरिरहेका छन् ।

यसरी सामाजिक रूपमा उल्लेख्य काम गरिरहेका राजु श्रेष्ठले देशकै पुरानो पार्टी नेपाली कांग्रेसको जिल्ला सभापतिको उम्मेदवारी दिनु स्वाभाविक छ । जनतासँग गहिरो सम्बन्ध, पार्टीका साथीहरूसँग मित्रवत् व्यवहार, पार्टी र देशप्रति पूर्ण वफादार राजु श्रेष्ठको नेतृत्वको आवश्यकता पक्कै पनि पार्टीलाई छ । उनीसँग पार्टी भित्र सबैलाई मिलाएर लैजान सक्ने क्षमता देखिन्छ । त्यसैले पनि काँग्रेसको काठमाडौँ जिल्ला सभापतिमा उनको सम्भावना दरिलो रहेको देखिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा