शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्डले टुंगो लगाए पार्टी महासचिवको नाम !


  • मंगलबार, असार २१ २०७९
6K
SHARES

फाइल तस्विर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी महासचिवको टुंगो लगाएका छन् । एक नेताका अनुसार प्रचण्डले वर्षमान पुनलाई महासचिव बनाउने निधो गरेका छन् ।

महासचिवका अर्का दाबेदार अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा विवादमा तानिएको र सत्तारुढ दलबाटै राजीनामा मागिएकोले दाहालले पुनलाई महासचिव बनाउने तयारी गरेका हुन् ।

दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री शर्माको निरन्तरताको लागि आग्रह गरेका छन् । र, प्रधानमन्त्री देउवा पनि दाहालको आग्रहमा सकारात्मक सुनिएका छन् ।

दाहालले यदि शर्मा अर्थमन्त्रीबाट हट्नुपर्ने अवस्था आए उनको ठाउँमा वर्षमान पुनलाई नियुक्त गर्ने र शर्मालाई पार्टीको महासचिव बनाउनेगरि पनि मुभ गरेका छन् । माओवादीमा अहिले संगठनलाई चलाउनसक्ने नेताको रुपमा पुन र शर्मा नै देखिएका छन् ।

दाहाललाई यी दुईमध्ये एक छान्नपनि सकस नै छ । यही सकसको कारण नै महाधिवेशन भएको यतिका महिना बित्दापनि पदाधिकारी चयन हुन नसकेको कतिपय नेताले आरोप लगाउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा