काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ अन्तरगत पर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
गत वैशाख ३० गने भएको स्थानीय निकायको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार विमल कुमार होडाको प्यानल नै विजयी भएको हो ।
नेपाली काँग्रेस बाट वडा नं ७ को वडा अध्यक्षमा निर्वाचित होडाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण मणि भट्टराईलाइ ५१ मत अन्तरले पराजित गरेका हुन ।
कडा प्रतिस्पर्धा देखिएको वडा नं ७ मा मुख्यतः काँग्रेस एमालेमा प्रतिस्पर्धा देखिएको थियो भने काँग्रेसको तर्फबाट बागी उम्मेदवार खरायो चुनाव चिन्ह लिएर रमेश महर्जन समेत मैदानमा होमिएका थिए । गत चुनावमा एमालेको पुरै प्यान विजयी भएको थियो । यो पटक एमाले विभाजन भएर बनेको समाजवादी दल समेत चुनावी प्रतिस्पर्धामा सहभागी थियो ।
कांग्रेसका उम्मेद्वार विमल कुमार होडाले २८६७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कृष्ण मणि भट्टराईले २८१६ मत प्राप्त गरे ।त्यसै गरी सोही पदमा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादी का सुद्ध कुमार डङ्गोलले ९२४ मत ल्याए भने राप्रपाका गोपाल थापाले ५५८ मत प्राप्त गरे ।
अध्यक्षमा विमल कुमार होडा निर्वाचित भए सँगै सदस्यहरूमा नेपाली काँग्रेसका उज्ज्वल अर्याल, सुरेश शाही, रुपा थापा र कल्पना सुन्दास निर्वाचित भएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ काँग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र समेत हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।