नेपाली कांग्रेसले देशका २०१ स्थानीय तहको प्रमुख जितेको छ । गत वैशाख ३० गते देशैभर भएको स्थानीय निकायको चुनावको मत परिणाम आउने क्रम जारी छ । मत परिणाम अनुसार काँग्रेस अगाडि देखिएको हो । सत्ताको नेतृत्व समेत गरिरहेको काँग्रेस अगाडि देखिनुमा गठबन्धनको साथले समेत काँग्रेस बलियो देखिएको हो ।
७५३ स्थानीय तहमा भएको निर्वाचनअन्तर्गत हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये २०१ पालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
मतगणना भइरहेका पालिकामध्ये १२० वटाको प्रमुखमा अझै पनि कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्म अन्तिम मतपरिणाम आएका पालिकामध्ये १९२ को उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन् ।
मतगणना भइरहेकामध्ये ९८ पालिकाको उपप्रमुख तथा उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । मत परिणाम आउने क्रम जारी छ । मत गणना ढिला भएको समेत जनगुनासाहरू सामाजिक सञ्जालमा आउने गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।