शनिबार, साउन ९ २०८३
ताजा अपडेट

शेखर कोइरालाका कारण कांग्रेसको आधा भोट घट्यो, एमाले सरकार जोगियो


  • सोमबार, कार्तिक ८ २०७८
9K
SHARES

फईल तस्बिर

विराटनगर – नेपाली कांग्रेसका नेता शेखर कोइरालाका कारण कांग्रेसको आधा भोट घटेको छ । प्रदेश १ को एमाले सरकार जोगाएपछि कांग्रेसको भोट घटेको हो ।

कोइरालाले बखेडा झिक्दा एमालेको ढल्नै लागेको सरकार बचेको छ ।

आइतबार प्रदेश सभा बैठकबाट मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम थियो । आचार्य एमालेबाट मुख्यमन्त्री बनेका हुन् ।

कांग्रेसभित्रको विवाद र आन्तरिक किचलोले गर्दा एमालेको सरकारलाई राहत मिलेको छ । शेखर कोइराला र उनको समूहका कारण प्रदेश नं. १ मा एमालेको सरकारको आयु लम्बिएपछि अध्यक्ष केपी शर्मा ओली खुसी भएका छन् ।

कांग्रेसले केही दिन बैठक स्थगित गर्न माग गर्दै निवेदन दिएको थियो । एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कात्तिक १५ गतेसम्म बैठक स्थगितको माग गर्दै निवेदन दिएका थिए ।

सत्तारुढ र विपक्षी दलको मागपछि सभामुखले प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारेका छन् ।

कांग्रेसले प्रदेशसभा बैठक सार्न माग गर्दै दिएको निवेदनमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ भ्रमणलाई कारण देखाएको छ ।

प्रधानमन्त्री देउवाले प्रदेश १ को मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)लाई दिने सहमति गरेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल समूहले प्रदेश १ मा मुख्यमन्त्री आधा–आधा समय चलाउन पाउनुपर्ने भनेर अडान राखेको छ ।

प्रदेश १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइराला पौडेल समूहका हुन् । पौडेल समूहभित्र पनि राजीव कोइराला कांग्रेस नेता शेखर कोइराला निकटका मानिन्छन् हुन् ।

नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दिएर केन्द्रीय राजनीतिमा सत्तागठबन्धन भएको थियो । तर, शेखर कोइरालाले बखेडा झिकेर सत्ता गठबन्धनलाई फुटाउन खोजेका छन् ।

शेखर कोइरालाले कांग्रेसभित्र भाँडभैलो मच्चाउँदै आएका छन् । आफ्नो व्यक्तिगत स्वार्थका लागि शेखर कोइरालाले कांग्रेसभित्र आतंक मच्चाउने गरेका छन् ।

कांग्रेस पार्टीलाई कोइराला परिवारको विरासत ठान्ने गरेका शेखर कोइराला लामो समय जागिर गरेर कांग्रेसको राजनीतिमा छिरेका हुन् । गिरिजाप्रसाद कोइरालाले उनलाई राजनीतिमा छिराएका हुन् ।

मन्त्रीमा देउवा निकट सांसदहरूले प्राथमिकता पाउने देखिएपछि कांग्रेसकै शेखर कोइराला समूहले असन्तुष्टि जनाएर फ्लोर क्रसको धम्की दिएको थियो ।

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की पनि प्रमुख सचेतकले पार्टीमा छलफल नगरी प्रदेशसभा बैठक स्थगितका लागि निवेदन दिएको बताएका छन् । कार्की देउवा पक्षका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा