शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संसद छलेर सरकार कब्जा गर्न कसैले खोजेको छैन, विश्वासको मत नदिएपछी के गर्ने ? : प्रधानमन्त्री


  • शुक्रबार, जेष्ठ ७ २०७८
11.4K
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न नखोजेको भनेका छन् ।
बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् ।

उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैन थियो । फेरि जाने संविधानको धारा ५ कै प्रकृयामा हो । त्यसो भइसकेपछि हामीले जेठ १५ गते संसवधानमै तोकेको छ बजेट प्रस्तुत गर्नुपर्छ । त्यो भन्दा अगाडि नीति कार्याक्रम प्र्रस्तुत गर्नुपर्छ । नीति कार्यक्रम र बजेट प्रस्तुत गर्न नयाँ सरकार बन्नलाई १४ गते सरकार बन्यो भने १५ गते बजेट कसरी पेश गर्ला ? आफना नीतितथा कार्यक्रमहरु कसरी तर्जुमा गर्ला ? हामी सँग समय धेरै छैन ।प्रधानमन्त्री ओलीले भने

समय अभावका कारण विश्वासको मत लिएर बजेट प्रस्तुत गर्न समस्या भएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा