शनिबार, साउन ९ २०८३
ताजा अपडेट

टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा


  • बिहिबार, बैशाख २६ २०७६
25.4K
SHARES

२६ वैशाख, काठमाडौं ।
इंग्ल्याण्डको क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।

उसले सेमिफाइनलको दोस्रो लेगमा आयाक्सलाई ३-२ ले हराएको थियो । पहिलो लेगमा भने ०-१ ले पराजित भएको थियो । समग्रमा स्कोर ३-३ भए पनि अवे गोलको आधारमा टोटनह्याम फाइनलमा पुगेको हो ।

टोटनह्याम पहिलो हाफमै दुई शून्यले पछाडि परेको थियो । तर दोस्रो हाफमा लुकास मोउराको ह्याट्रिक मद्दतमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । आयाक्सका लागि पहिलो गोल कप्तान मेथिस डी लिटले ५ औं मिनेटमै गरेका थिए । त्यसपछि ३६ औं मिनेटमा हाकिम जियाकले टिमका लागि दोस्रो गोल गरे ।
तर लुकासले ५५ औं, ५९ औं र इन्जुरी समयमा गोल गर्दै टिमलाई जिताए । लुकास मोउरा च्याम्पियन्स लिगको सेमिफाइनलमा ह्याट्रिक गर्ने पाँचौं फुटबलर हुन् । यसअघि इटलीका डेल पिएरो, क्रोएशियाका इविका ओलिच, पोल्याण्डका रोबर्ट लेभेन्दोस्की र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
युरोपको सबैभन्दा ठूलो टुर्नामेन्टको फाइलनमा तेस्रो पटक इंग्ल्याण्डकै दुई क्लब लिभरपुल र टोटनह्याम आमने सामने हुनेछन् । यसअघि सन् २००८ मा च्याम्पियन्स लिगको उपाधि भिडन्तमा म्यानचेष्टर युनाइटेड र चेल्सी आमने सामने भएका थिए । त्यसअघि १९७२ मा टोटनह्याम र ओल्भबीच युएफा कपको फाइनल भएको थियो, यद्यपि त्यो च्याम्पियन्स लिग थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा