शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा माछापुच्छ्रे बैंक र न्यूज २४ अन्तिम १६ मा


  • मंगलबार, बैशाख २४ २०७६
24.7K
SHARES

काठमाडौं, २४ वैशाख ।

नेपाल विज्ञापन संघ (आन)को आयोजनामा जारी दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’मा समूह ई बाट माछापुच्छ्रे बैंक र न्यूज २४ टिभी प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी समूह एफबाट पिक्सन इन्जिनियरिङ र मिडिया बास्केटले पनि अन्तिम १६ को स्थान सुरक्षित गरेका छन् ।
सानेपाको फिल्ड फुटसलमा मंगलबार भएको समूह ‘इ’बाट माछापुच्छ्रे बैंकले तीनवटै खेल जित्दा न्यूज २४ ले २ खेल जितेको थियो । माछापुच्छ्रेले पहिलो खेलमा बिजनेश एडभान्टेजलाई २–० गोल ले हराउँदा न्यूज २४ माथि पनि २–० कै जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपाल टिभीसँग भने १ गोल खाएको माछापुच्छ्रेले ३ गोल थप्दे समूह चरणमा अपराजित रहन सफल भयो ।


यसैगरी उप विजेता बन्दै प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको न्यूज २४ले नेपाल टेलिभिजिनलाई २–१ गोलले पराजित गर्दा माछापुच्छ्रेसँग २–०ले न्यूज २४ स्तब्ध भयो । यसैगरी तेस्रो खेलमा न्यूज २४ ले बिजेनस एडभान्टेजमाथि ४–३ गोल अन्तरको जित निकाल्न सफल भयो ।
समूह एफ अन्तर्गत पिक्सन र मिडियाबास्केट अन्तिम १६ मा प्रवेश गरे । समूह विजेता बनेको पिक्सनले २ खेलमा जित र एक खेल बराबरी खेलेको थियो । सुश्री मिडियालाई २–० गोल अन्तरले पराजित गरेको पिक्सनले दोस्रो खेलमा फ्यूचर हबसँग १–१ गोलको बराबरी खेल्यो । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा पिक्सनले मिडिया बास्केटलाई २–१ को कठिन जित निकाल्दै अपराजित रहन सफल भयो ।
समूह एफबाट उप बिजेताको रुपमा प्रि क्वार्टरफाइनल पुगेको मिडिया बास्केटले फ्यूचरहबलाई ३–२ गोलले पराजित गरेको थियो भने सुश्री मिडियामाथि ४–० को सानदार जित दर्ता गर्न सफल भयो । अन्तिम खेलमा पिक्सनसँग २–१ गोलले पराजित भएपनि उप विजेताको रुपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि १२ वटा खेल हुने छन् । बुधबार समूह सी र डीका खेलहरु आयोजना हुने आन फुटसल प्रतियोगिता सञ्चालन समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । समूह सी मा जनता टिभी, गोरखापत्र दैनिक, एबीसी टिभी, र शिलापत्र डट कम रहेका छन् ।
त्यसैगरी समूह डी मा मेडिसिटी अस्पताल, अभानि, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा