काठमाडौं ।
भोलीबाट देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबार दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए ।
काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।