शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एकाबिहानै गयो भुकम्प !


  • मंगलबार, बैशाख ६ २०७९
7.4K
SHARES

सांकेतिक तस्विर

बझाङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्पन गएको हो । बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ ।भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

किन जान्छ भुकम्प ?

पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ। नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ। यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन्।

यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ। जब एउटा भाँडोमा हामि पानी तताउँछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ । हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ । यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ।

हिमालय क्षेत्रमा भुकम्पको कारण यसरी भारत महादिप सर्दै गइ एशियासंग ठोक्किन पुगेकाले हो। लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै थियो। पछि भारत महादिप चलायमान हुँदै उत्तरपूर्व तर्फ बढ्दै आयो र एसियासँग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पती भएको हो। भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी छ।

हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब दुईदेखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जिपिएसले नापिएको तथ्यांकले देखाउंँछ। यसरी धस्रिंँदा स्टूेस बढ्दै जान्छ र बिचमा रहेको पदार्थ डिफर्म हुँदै जाँदा असन्तुलन पनि बढ्दै जान्छ। यसरी डिफर्म हुँदै जादा एउटा यस्तो बिन्दु आउँछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ।

चिरा परेपछि दुई प्लेटहरू सन्तुलनमा आउनका लागि तल माथि गरी एडजस्ट हुन्छन् जसले गर्दा नजिकको भुभागमा कम्पन पैदा हुन्छ। यसलाई सजिलो रूपमा यसरी पनि बुझ्न सकिन्छ। जस्तै एउटा सिन्कोलाई बंग्यायौं भने त्यो बांगिंदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भाँचिन्छ। त्यहि भाँचिने स्टेज नै भुकम्मको स्टेज हो जतिखेर निस्केका तरंगहरुले पृथ्वीको सतहमा क्षति र्पुयाउँछन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा