शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जिबनमा समृद्धि र सफलता प्राप्त कसरी गर्ने ?


  • शुक्रबार, माघ २३ २०७७
11.6K
SHARES

फाईल तस्बिर

जिवन सफलबनाउने धेरै मान्छेको चाहाना हुन्छ तर धरैले सकिरहेका हुदैनन । जिवन सफल बनाउन कडा मेहनत गर्नु जरुरी त छदैछ त्यसमाथि अनुसासनको पनि उतिकै आबस्यकता रहेको छ । चर्चा गरौं सफल र असफल व्यक्तिहरुका बिचको जिबनशैलीमा रहेका केहि आधारभूत भिन्नताहरुको बारेमा, जसले उनिहरुलाई सफल वा असफल बन्नमा महत्वपूर्ण भुमिका खेलीरहेको हुन्छ ।

१. सकारात्मक सोच :
बेलैमा सचेत हुनुहोस् र नकारात्मक सोचलाई अहिल्यैबाट त्याग्ने प्रण गर्नुहोस् । घर, परिवार वा समाजमा घटिरहेका हरेक घटनालाई आत्मासात गर्दै आफुले सकेको सहयोग गर्नुहोस् । यसले तपाईको नकारात्मक सोचलाई बिस्तारै सकारात्मक सोच तर्फ परिबर्तन गर्दै लैजान्छ र अन्ततः तपाईको जिवनलाई समृद्ध र सफल बनाएरै छाडछ ।

२. आफुुलाई अरुसंग दॉजेर वा तुलना गरेर हेर्ने बानी छाडनुहोस् :

धेरै मानिसहरु आफ्नो जिवनलाई अरुको जिवनसँग तुलना गरी आफुलाई सुखी वा दुःखी देख्ने गर्दछन । यसरी आफ्नो जिवनलाई अरुको जिवनसँग तुलना गरि आफुलाई अरु भन्दा सुखी देखेमा त जिबन सफलै भएको मान्नु पर्दछ, तर दुःखी देखेमा नि ? हो, मानिसहरुको यहि स्वभावलेनै उनिहरुलाई बारम्बार दुःखी बनाईरहेको हुन्छ ।

३. स–साना कामको लागि पनि अरुसंग भर पर्ने बानी नबनाउनु होस् :

सफल र सुखी मानिसहरु आफ्ना स–साना कामको लागि अरुको भर पर्ने भन्दा समयमै आफ्नै पुरा गर्ने स्वभाबका हुन्छन । तर केहि व्यक्तिहरु स–साना कामहरुको लागि पनि अरुप्रति भर पर्ने स्वभावका हुन्छन । यस्ता व्यक्ति एवं घर—परिवारको बिस्तारै काम प्रतिको लगनशिलता एवं समर्पण भाव घटदै जाने हुन्छ, आत्माबिश्वास कमजोर हुंदै जान्छ ।

४. बितेको समयलाई बारम्बार सम्झिएर दुःखी भइरहने बानी छाडनुहोस :

के तपाईमा पनि बितेको समय वा बिग्रिसकेको कामलाई सम्झिएर बारम्बार दुःखी भइरहने स्वभाब त छैन ? यदि तपाई बितिसकेको समय र घटीसकेको घटनालाई बारंबार सम्झिरहनु हुन्छ र त्यसैमा अल्झेर दुःखी भएर बांचिरहनु हुन्छ भने तपाई अगाडीको पुरा जिन्दगी असफलतामा नै बित्नेछ । कुनै पनि बितिसकेका घटना र समयलाई संझिएर एक, दुई, तिन पटक सम्म दुःखी हुनु स्वभाबिक हुनसक्छ, तर संंधै त्यहि घटनालाई संझिएर दुःख मानिरहनु वा बांचीरहनु भनेको त तपाईको बांकी जिन्दगी पनि पुनः दुःखमा नै बिताउनु हो नि, होइन र ?

५. तपाईको अन्तरआत्माको चाहाना जे छ, त्यसमै ध्यान केन्द्रित गर्नुहोस् :

प्रायः मानिसहरुको अन्तरआत्माको चाहना जिबनमा उन्नति, प्रगति र समृद्धि प्राप्त गर्ने हुन्छ, ध्यान भने क्षणिक सुख र दुःखको दैनिकीमा केन्द्रित भैरहेको हुन्छ । हामी मनले एक चिज चाहिरहेका हुन्छौ भने हाम्रो दिमाग (ध्यान) अर्कै चिजमा अल्झिरहेको हुन्छ । जबसम्म हाम्रो तन, मन र धन एउटै लक्ष्यमा, एउटै उद्देश्यमा र एउटै प्राप्तीमा अगाडी बढ्न सक्दैन, तबसम्म हामी त्यो लक्ष्य, बस्तु वा सुख कहिल्यै प्राप्त गर्न सक्दैनौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा