यस कारण मंसिर ३ गते विश्व शौचालय दिवस मनाऔँ

२०७४ कार्त्तिक ३० गते २३:५४ मा प्रकाशित


Bibek Binayee world toilet day

काठमाडौँ । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष नोभेम्बर १९ तारिख विश्व शौचालय दिवस मनाउने गर्छ । तर, यसबारे नेपाल चासो लगभक शुन्य जस्तै छ भन्दा फरक नपर्ला । संयुक्त राष्ट्र संघ र विश्वले जति महत्व र चासोका साथ यो दिनलाई मनाउँछन् त्यस अनुसार नेपालमा सरकार, संघ संस्थाहरुले देखिने गरी उल्लेख्य कार्यक्रमहरु गरेर मनाएको पाइन्न । यिनै पृष्ठ भूमिमा उभिएर विश्व शौचालय दिवस मनाउँ भन्ने अपिलका साथ यो दिनको महत्वबारे केही चर्चा गरौं ।
मानिसको जीवनमा सरसफाइ ज्यादै महत्वपूर्ण छ । यो सामन्य तथ्य हो । सरसफाइ हाम्रो संस्कार, सम्मान, प्रतिष्ठा र स्वस्थसँग जोडिएको विषयवस्तु हो । त्यसकारण यसको आवश्यकता अपिरिहार्य छ । सरसफाइको सन्दर्भ जोड्दा शौचगर्ने र शौचालय झनै महत्वपूर्ण हुन्छ । व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ र अस्वस्थ पार्न शौचालय व्यवस्थापनको ठूलो भूमिका हुन्छ ।
यो कुरालाई मध्यनजर राख्दै विश्व स्वस्थ संघठनले प्रत्येक वर्ष नोभेम्बर १९ तारीख विश्व शौचालय दिवस मनाउने गर्दछ । यसको महत्वलाई बुझेर मुख्यरुपमा यसबारे विश्वभरी नै चेतना जगाउँदै विश्वलाई सफा र स्वस्थ बनाउनको लागि यो दिन मनाउन थालिएको हो ।
एक रिपोर्ट अनुसार संसारमा प्रत्येक ३ मा १ मानिस शौचालयको सुविधाबाट बञ्चित छ । यसलाई आधार मानेर गणना गर्ने हो भने नेपालमा पनि लाखौँ मानिसहरु शौचालयको सुविधाबाट विमुख छन् । अर्थात भनौं आफ्नो व्यक्तित शौचालय छैन । उनीहरु वाहिर नै शौच गर्न बाध्य छन् । यस्तो परिस्थीतीमा प्रत्येक देश र नागरीकले यो तथ्यलाई बुझ्दै शोचालयको व्यवस्थापन गर्न आवश्यक छ ।
जसरी शिक्षा मानिसको अधिकार हो सरसफाइ पनि मानिसको अधिकार हो । (Right to sanitation) यो प्रत्येक व्यक्तिको नैर्सगीक अधिकार नै हो । यसलाई राज्यले बुझ्न आवश्यक छ । आफ्नो नागरीकको शौचालय व्यवस्थापनमा राज्यले खास नीति तयगरी कार्यन्वयन गर्न आवश्यक छ ।
अर्काे तर्फ, अधिकांश नेपालीहरुको सरसफाइ बानी उचित छैन । जताभावि फोहोर गर्ने, फाल्ने कामहरु यत्रतत्र देखिन्छ । नेपालका अधिकांश सहरहरु यसको ज्वालन्त नमूना हुन । आफुले खाएको खानेकुराका वोक्रवोक्री, खोल जस्ता कुराहरु निश्चित ठाउँमा फ्याक्ने संस्कार त कमै मानिससँग छ । यदि हुँदो हो आज नेपाल सफा देश बन्थ्यो होला ।
झन शौचालयको अवस्था त झनै नाजुक छ । धेरै विद्यालय, अस्पताल, सरकारी कार्यलय सार्वजिनक स्थानका शौचालयको हालत त झनै नाजुक छ । अस्पताल जस्तो ठाउँमा पनि शौचालयको अवस्था नाजुक छ । आखिर किन यस्तो ? पहिलो कुरो त लापरवाही हो भने दोश्रो कुरो राज्यले खासै चासो नदिनु पनि हो । आम मानिसमा पनि यसबारे खास चासो छैन ।
त्यस्तै हामीहरु धेरैमा आफुले शौचालय प्रयोग गरेपछि पानीहालेर राम्ररी सरसफाइ गर्ने खासै बानी छैन भने पनि हुन्छ । जसको कारण दिनानुदिन नेपालमा फोहोर बढ्दै गइरहेको छ ।
विद्यालयमा विद्यार्थीहरुलाई सरसफाइको लागि विशेष तालीम दिने र आफैं काम गर्न लगाउने पनि गर्नुपर्छ । त्यसमा शिक्षक, शिक्षिकाहरुको पनि उत्तिकै हात हुन्छ । मैले सुनेको छ, जापनमा कुनै पनि विद्यालयमा सरसफाइ गर्ने मानिस नै हुन्न रे सबै सरसफाइ विद्यार्थीहरु आफैंले गर्ने हो । हप्तामा कम्तिमा एकपटक यसरी सरसफाइ गर्ने बानीको विकास प्रत्येक विद्यार्थीहरुमा राख्न आवश्यक छ । त्यसो भयो भने हामीलाई धेरै कुराहरुमा फाइदा पुग्दछ ।
सरसफाइको उचित बानी भयो भने हामीले धेरै कुराहरुमा फाइदा लिन सक्छौं । पहिलो कुरा त हामीमा स्वच्छता, सुन्दरता र स्वस्थ्यमा आमूल परिवर्तन हुन्छ । शौचालय स्वस्थ हुँदा नै घर पनि सुन्दर देखिन्छ ।
हामी विद्यालयमा कार्यरत सबैले भव्यरुपमा आफ्नो विद्यालय, शौचालय, वरीपरी सबै तिर भब्यरुपमा सरसफाइ गरी विद्यार्थीहरुमा यसको महत्व बुझाउँदै यसलाई बनाउँ । सरसफाइको क्षेत्रमा कार्यरत कर्माचारीलाई सम्मान पनि गरौं । विद्यार्थीहरुलाई नियमितरुपमा शौचालय सफा गर्ने वानी लगाउँ । यसो भयो भने पक्कै पनि हामीले हाम्रो शौचालयलाई सफा पार्छाैं । स्वच्छ शौचालयले हाम्रो प्रतिष्ठा, स्वस्थ्य र वातावरणलाई सधैं ताजा राख्न मद्दत गर्दछ ।
आउँ सबैजना मिलिजुली आफ्नो घर, विद्यालय, वरपर सबैतिर विशेष सरसफाइ गर्दै यो दिनलाई भब्यरुपमा मनाऔं । जुगल स्कूले विगत ४ वर्षदेखि यो कार्यक्रम भब्यरुपमा मनाउँदै आइरहेको छ ।
लेखकः विवेक विनयी जुगल इङ्लिस मिडियम स्कूल, कपनका प्रिन्सिपल हुन ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...