के गर्ने नयाँ वर्षमा ?

२०७२ चैत्र २८ गते ०३:०१ मा प्रकाशित


शिवशक्ति आचार्य,

हरेक १२ महिना ५२ हप्ता या भनौ ३६५ दिनमा संवतले नयाँ भोटो फेरिरहेको हुन्छ,मौसम फेरिन्छ,क्रतु फेरिन्छ वसन्तको वहार रूपी अाँचल पके्रर प्रकृतीले पुराना पातहरू झारेर वोटविरूवाहरूमा कोमल पालुवाहरू टुसाइरहेको हुन्छ,ठिक त्यसैवेला हामी नयाँ वर्षको उत्सव मनाइरहेका हुन्छौ,यसै गरी वितिरहेका छन् इतिहासका लामा कालखण्डहरू । जव नयाँ वर्षको विहानीले आँगन टेक्छ त्यतिखेर मानिस सज्जन बनी टोपल्ने बाहानाको खोजीमा बरालिन पुग्छ,नयाँ वर्षको उमंङ्ग र उन्मादसँग विभिन्न बाचाहरू गर्न पुग्छ मान्छे ।

नयाँ वर्षलाई भाका राखेर पहिल्यै लामो कार्य सुची बनाईरहेको हुन्छ यसो गर्छु,उसो गर्छु खैनी छोड्छु,चुरोट छोड्छु,विहान ५ वजे उठ्छु,राती ११ वजे सुत्छु,किताव पढ्ने बानी गर्छु, खर्च कम गर्छु,कमाई धेरै गर्छु आदी आदी लामै सुचीको भारी हुन्छ मन भरि यि कामहरू जीवनमा आवश्यक देख्छ मान्छे तर अनिवार्य देख्दैन र नयाँ वर्षलाई सिमा तोकेर कार्यान्वयन गर्ने दाउ खोजिरहेको हुन्छ,जव नयाँ वर्ष वास्तवमै आउँछ नयाँ वर्षको स्वागतको नाउँमा खर्चिलो बनाइदिन्छौ हामी,साथीभाइ भेटघाट रमाइलो,रंगरसैमा वित्छ नयाँ वर्ष । नयाँ वर्ष त आयो तर त्यसले नविनता के ल्यायो ? घरको पात्रो फेरियो लेख्दा बोल्दा मिति फेरियो,तर घाम पुरानो वर्षमा झै लागेका छन्,पुरानो वर्षमा झै अस्ताएका छन् ।

एक रातको फरक छ पुरानो र नयाँ वर्षको,प्रकृती आफ्नै गतिमा अगाडी बढिरहेको हुन्छ तर हामीलाई केहि काम गर्नको लागी नयाँ वर्ष लाग्नु पर्छ,नयाँ पात्रो पल्टनु पर्छ किनकी मन काम प्रतिको चाहाना भन्दा पन्छिने बाहाना खोजिरहेको हुन्छ । नयाँ वर्ष दखि सुरू गर्न थाँती राखिएका कामका लिस्टहरू धेरैले सुरू त गर्छौ तर कमैले पुरा गर्छौ किनकी नयाँ वर्ष सँगै जुन परिवर्तनको अपेक्षा हामीले गरेका हुन्छौ त्यो केहि पनि हुँदैन नयाँ वर्ष आउँदैमा मान्छेमा अल्छिपना रातारात जाँदैन,एकाएक उस्तो ठुलो मानसिक परिवर्तन पनि हुँदैन अनि विस्तारै नयाँ वर्षमा सुरू गरिएका सम्पुर्ण कामहरूसुस्त हुँदै जान्छ,नानीदेखि लागेको वानीले फेरि पनि जित्दै जान्छ र ९ दिनमा नौलो २० दिनमा वि¥स्यौ भने झै फेरि पुरानै दिनहरू दोहोरिदै जान्छन् विस्तारै वर्ष पनि पुरानो हुदैजान्छ ।

समस्याका चाङहरू वढ्दै जान्छ,गन्जागोल र भद्रगोल जीन्दगीबाट अनमोल उपलब्धिको आशा गर्न सकिदैन । अनि त्यहि बाट हुन्छ दिक्दारिको सुरुवात, फेरी जीन्दगीमा सुधार गर्नुपर्ने कुराहरूको खात लाग्दै जान्छ अनि फेरि हामी त्यसको सुधारको लागि नयाँ वर्षको साइत कुर्न थाल्छौ फेरी नयाँ वर्ष आउने छ उहि पुरानो जीन्दगीको कथा एकपटक नविकरण भएर नयाँ वर्षमा प्रवेश गर्ने छन् र त्यसैगरि धेरै वटा नयाँ वर्षहरू मनाउँदै आइरहेका छौ हामीहरू । हामी आफु केहि बन्न नसकेकोमा भाग्यलाई दोष दिन्छौ , समयलाई दोष दिन्छौ ,गरिबीलाई दोष दिन्छौ भए जति र दोष दिन मिल्ने जति सबैलाई दोष दिएर आफु केहि हुन नसकेको प्रमाण पेस गरेर सफाइ खोजिरहेका हुन्छौ,मान्छेको गुण भन्ने या दोष आफु भित्रको कमजोरीलाई खोज्ने र स्विकार्ने शक्ति कमै लाई प्राप्त छ ।

हामी केहि बन्न नसकेकोमा भाग्य, समाज, घरपरिवर, गरिबी राज्य जे जतिलाई दोषी ठहराइरहेका हुन्छौ,दोषी खोज्नलाई पनि सोधखोजको जरूरी प¥यो जु समय शक्ति र जुक्ति लगाएर हामी दोषी खोज्छौ , त्यति नै समय शक्ति र जुक्ति लगाएर संसारका सफलतम व्यक्तिहरूका सफलताका पानाहरू पल्टाउन सकिन्छ तर हामी त्यस्तो गर्दैनौ ,संसार हल्लाएको हस्तीहरूका सफलताको पानाहरू पल्टाउँदा उनीहरूको जीवनको सुरूका अध्यायहरू दुःख,गरिबी,अज्ञानता यस्तै यस्तै कुराहरू,जसलाई हामी आफ्नो असफल जीवनका कडीहरूमानिरहेका हुन्छौ, तिनै कुराहरूको विचबाट तिनै दुःख पिडा, संघर्ष र गरिबीलाई चुनौती दिएर उठेकाहरूले आज संसार हल्लाइरहेका छन्,हामी त्यो हेर्न बिर्सन्छौ ।

हामी भाग्यलाई दोष दिएर टाउकोमा हात राखेर बस्छौ तर आफ्नो हातमा भाग्य रेखा नभएको भनेर ज्योतिषले भने पछि आफै चक्कुले हात काटेर आफ्नो भाग्य रेखा आफै बनाएको सम्राट नेपोलियनको कथा विर्सन्छौ,हामी सफलताका लागी गरीबीलाई दोष दिएर बस्छौ तर त्यहि गरिबीलाई चुनौती दिएर उठेर आज अमेरिकाको शक्तिशाली राष्ट्रपती बनेर विश्व हल्लाइ रहेको बाराक ओवामालाई बिर्सन्छौ ।

यि त केहि उदाहरण मात्रै हुन हामीले खोज्यौ भने त्यस्ता धेरै उदाहरणहरू पाउन सक्छौ कयौ बाधा र व्यवधानका पाहाडहरूछिचोलेर स्वर्णीम सफलताको गर्विलो इतिहास रचेकाहरूका कथा । त्यसैले हामीमा जे छ त्यसैमा टेकेर त्यसैलाई चुनौती दिएर उठ्न सक्नु पर्छ, आफुसँग नभएको चिजको गुनासो गरेर रून्चे अनुहार बनाएर बस्नु भन्दा आफु सँग जे छ त्यसैमा खुसी भएर अझै राम्रो गर्न तिर लाग्नु उत्तम हुन्छ ,राम्रो काम गर्नको लागि कुनै साइत कुर्नु र जुर्नु पर्दैन,राम्रो कामको लागि हरेक समय शुभ हुन्छ एक महिनामा एउटा बानी मात्र सुधार्ने हो भने वर्षमा १२ वटा बानी सुधार्न सकिन्छ,सुरूमा गाह्रो होला तर बानीले बानी बनाउँदै लान्छ र जति गाह्रो काम पनि सजिलो हुन्छ । भनाई नै छ पहिला बानी बनाउँनुस त्यसपछि बानीले तपाईलाई बनाउँछ । तसर्थ यो नयाँवर्ष बानी निर्माणको वर्ष बन्न सकोस् फेरी पुरानै वर्षको कथा र दुदर्शा नदोहोरियोस कुनै पनि चिज आफ्नो हातबाट फुत्किए पछि पछुताउनुको कुनै अर्थ हुँदैन त्यसैले समय छँदै सबैमा सत्वुद्धी छाओस् नयाँ वर्ष २०७३ को यहि छ सबैमा शुभकामना ।

You may also Like this

थप समाचार

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा
प्रचण्डले भारत पुगेर उठाए सिमा मिचिएको कुरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...