संसारको जुनसुकै स्थानमा पुगेर वास्तविक दृष्य हेर्न पाइने तर कसरी ? हेर्नुहोस् भिडियो

२०७४ बैशाख ७ गते १७:५५ मा प्रकाशित


globalकाठमाडौं, वैशाख ७ । गुगल भर्चुअल रियालिटी (भीआर) मा अब तपाइँलाई स्वागत छ १ अब भीआर थ्रीडी हेडसेटको सहायताले संसारको कुनैपनि स्थानमा निःशुल्क यात्रा गर्न पाउनुहुनेछ ।

तपाइँ संसारको जुनसुकै स्थानमा उडेर जान सक्नुहुनेछ र त्यहाँको वास्तविक दृष्यको अनुभव गर्न पाउनुहुनेछ । तपाइँको आफ्नै मस्तिकलेसमेत बिर्सने छ कि तपाइँ आफ्नै घरको कोठामा बसिरहनुभएको छ ।

गुगल अर्थले गुगल भर्चुअल रियालिटीको सुरुआत यसअघि नै गरेको हो । त्यतिखेर तपाइँ पृथ्वीको निश्चित ठाँउहरुमात्र घुम्न सक्नुहुन्थ्यो । तर, यसै हप्ताबाट गुगलले सुरु गरेको गुगल भर्चुअल रियालिटी ९भीआर० प्रोजेक्टमार्फत् तपाइँले आफ्नै गन्तव्य तय गरेर संसारको जुनसुकै स्थानको यात्रा सुरु गर्न सक्नुहुनेछ ।

 सुन्दा अचम्म लाग्न सक्छ, के साँच्चिकै वास्तविक दृष्यहरु अवलोकन गर्न सकिन्छ त रु

‘लाइभ साइन्स जर्नल’मा प्रकाशित खबरअनुसार वास्तविक दृष्यहरुभन्दा अझै एडभेन्चर दृष्यहरु देख्न सकिन्छ ।

आफैंले ठेगाना खोजेर तुरुन्त त्यस ठाँउमा पुग्न सकिन्छ । त्यो सगरमाथाको आधार शिविर होस् या तपाइँको आफ्नै घरको छत । सबैतिर तपाइँ उड्न सक्नुहुनेछ ।

संसारको प्रसिद्ध पर्यटन गन्तव्य होस् या पेरिसको आइफल टावर सबैतिर पुग्न सक्नुहुनेछ ।

त्यस्तै, दक्षिण अफ्रिकाको टेबल माउन्टेन तथा अर्जेन्टिनाको पेरिटो मोरेना ग्ल्यासियरसमेतको यात्रा गर्न पाउनुहुनेछ ।

जर्नलमा प्रकाशित खबरअनुसार गुगलले तपाइँलाई अहिले गुगल भर्चुअल रियालिटीमा २५ ओटा सहर घुम्न अनुरोध गरेको छ । बाँकी तपाइँको इच्छा, जहाँ जान चाहानुहुन्छ ।

गुगल अर्थले यो प्रोजेक्टअन्र्तगत् पृथ्वीलाई नै थ्रीडी नक्सामा उतारेको छ ।

 

प्रोजेक्टका प्रबधक निर्देशक जोआना किमले आफ्नो ब्लगमा लेखेका छन्–‘मानिसहरु यात्राका लागि आफ्नो बितेको समय, अविस्मरणीय वा बाल्यकाल गुज्रेको स्थानमा फेरि जान चाहन्छन् । अब उनीहरुको सपना पूरा भएको छ, जब गुगल भर्चुअल रियालिटीमा ठेगाना लेख्छन्, तब उनीहरु त्यहिँ पुग्छन् र वास्तविक दृष्यको मजा लिन सक्छन् । यसका लागि थ्रीडी हेडसेडको आवश्यकता पर्दछ ।’

त्यस्तै, भर्चुअल रियालिटीमा २७ ठाउँहरुको पनि यात्रा गर्न सकिन्छ, जुन यस पृथ्वीमै छैन । यो विश्व प्रसिद्ध हलिउड फिल्म निर्माता वर्ल्ड डिज्नेले बनाएको ‘स्लीपिङ ब्युटी’ महलको प्रेरणाबाट तयार गरिएको सहर हो ।

गुगल भर्चुअल रियालिटी (भीआर) ओकुलस टर्चको सहायताले आफ्नो यात्रालाई नियन्त्रण गर्न सकिनेछ ।

टर्चको सहायताले अन्तरिक्षमा पुगेर पृथ्वीको कुनैपनि स्थानमा फोकस गरी उडेर त्यस स्थानमा जान सकिन्छ । यसको लागि ओकुलस स्टोरमा गएर निःशुल्क जोडिन ९स्ट्रिमिङ० सक्नुहुनेछ । (एजेन्सी)

 हेर्नुहोस् भिडियो:

You may also Like this

थप समाचार

एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?
एपेन्डिसाइटिस कस्तो रोग हो ?, कस्ता हुन्छन् लक्षणहरु ?

एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सु ...

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...