यूएस बंगला दुर्घटनाः मृत्यु हुनेको संख्या बढ्यो

२०७४ चैत्र १९ गते २१:४९ मा प्रकाशित


us bangala aeroplane

यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार डिभिजनका प्रवन्धक सञ्जय कुमार साहका अनुसार, दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेकी अछामकी प्रिन्सी धामी र बंगलादेशमा उपचार गराइरहेका शाहीन बेपारीको उपचारका क्रममा निधन भएको छ ।

उनी घटना भएको एक सातापछी थप उपचारकालागि ढाका फर्किएका थिए । यस घटनामा परी घाइते भएका दुई बंगलादेशीसहित एक नेपाली हाल सिंगापुरमा उपचार गराइरहेका छन् ।

प्रवन्धक साहका अनुसार, राजधानीका विभिन्न अस्पतालमा उपचारकालागि भर्ना गरिएका २० घाइतेमध्ये हाल एक जना नेपाली मात्रै मेडिसीटीमा उपचार गराइरहेका छन् । बंगलादेशी पत्रिका द डेली स्टारका अनुसार, यस घटनामा पाइलट पति आबिद सुल्तानको निधन भएको १० औं दिनमा उनकी पत्नी अफ्सनाको पनि निधन भएको थियो । पतीको काठमाडौंमा निधन भएको खबरपछी अफसनालाई बंगलादेशमै ब्रेन स्ट्रक भएको थियो ।

उपचारकै क्रममा अफ्सनाको निधन भएको डेली स्टारले लेखेको छ । फागुन २८ गते ६७ जना यात्रुसहित ७१ जना सवार बंगलादेशी विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । त्यस्मा ४९ को मृत्यु भएको थियो । विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक तथा चालकदलका चार जना थिए ।

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...