प्याव्सकको उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगिताको फाइनल शुक्रबार हुदै

२०७४ भदौ ८ गते २१:०४ मा प्रकाशित


singing competation

काठमाडौँ । निजी तथा आवासीय विद्यालय काठमाडौँ ‘प्याव्सक’ले विद्यार्थीहरुको गायकीलाई प्रोत्साहन गर्न आयोजना गरेको प्रथम प्याव्सक उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगिताको फाइनल भदौ ९ गते शुक्रबार गर्ने भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा हुने उक्त प्रतियोगितामा टप २० प्रतिस्पर्धिहरुले फाइनलमा भाग लिदैछन् ।
काठमाडौँका एक सय विद्यालयहरुबाट लिएको अडिसनमा एक हजार जना विद्यार्थीहरु सहभागि भएका थिए । जस मध्यबाट सेमिफाइनल राउण्डमा सहभागि हुनका लागि सत्तरी विद्यार्थी छनोट भएका थिए ।
श्रावन २७ गते रामहिटि स्थित साहित्य सदनमा भएको सेमिफाइन राउण्डबाट फाइनलका लागि टप २० प्रतिस्पर्धिहरु छनोट भएका थिए र सोही प्रतिस्पर्धिहरुले शुक्रबार हुने फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रथमलाई नगद पाच हुजार, ट्रफी, प्रमाण–पत्र, दोश्रो हुनेलाई नगद चार हजार, ट्रफी, प्रमाण–पत्र, तेश्रोलाई नगद पच्चिस सय, ट्रफी, प्रमाण–पत्र र सान्त्वनालाई नगद सहित ट्रफी, प्रमाण–पत्र प्रदान गरिने कार्यक्रम संयोजक एवं प्याव्सक सह–कोषाध्यक्ष राजन श्रेष्ठले बताउनु भयो ।
विद्यार्थीहरुको प्रतिभालाई प्रष्फुटन गर्नका लागि प्याव्सकले विशेष कार्यक्रमहरु गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप विद्यार्थीहरुको गायकीलाई अगाडी ल्याउनका लागि हामीले प्रथम प्याव्सक उपत्यकाब्यापी एकल आधुनिक गायन प्रतियोगिता सुरु गरेका हौ प्याव्सक अध्यक्ष बाल कुमार गुरुङले केटिएम खबर डट कमसंग कुराकानी गर्दै बताउनु भयो ।

You may also Like this

थप समाचार

‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै
‘पिक प्वाइन्ट अन्तर विभागीय फुटसल कप’ हुँदै

१६ असोज, काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले हिन्दुहरुको महान पर्व वडा दशैको अवसर पारि ‘पिक प्वाइन्ट फुट ...

टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रम (भिडियो)

काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ । ...

‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार
‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ हुँदै, प्रथमलाई खसी पुरस्कार

काठमाडौँ । निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा ‘प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कप’ श ...

मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)
मेलिना र जोसेफको ‘कर्के नजर’ सार्वजनिक (भिडियो)

मेलिना राई र जोसेफ शाही ठकुरीको आवाजमा कर्के नज बोलको गीत सार्वजनिक भएको छ। लोकपप फ्यूजन शैलीमा बनेको रोमान्टिक गीतको म्यूजि ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...