ट्विटरमा अब पहिले भन्दा लामो भिडियो अपलोड गर्न सकिने

२०७३ असार ९ गते १२:४२ मा प्रकाशित


टि्वटरले आफ्नो टि्वटको लिमिटलाई १४० क्यारेक्टरबाट बढाउने नबढाउने विषयमा विभिन्न खाले अड्कलबाजी चलिरहेका बेला उसले प्रयोगकर्तालाई पहिले भन्दा लामो भिडियो अपलोड गर्ने सुविधा प्रदान गरेको छ ।

अबदेखि टि्वटरमा १ सय ४० सेकेण्डको भिडियो अपलोड गर्न सकिने भएको छ ।  आम प्रयोगकर्ताले १४० सेकेण्डको भिडियो अपलोड गर्न पाउनेमा कतिपयले भने १० मिनेटसम्मको भिडियो अपलोड गर्न सक्नेछन् ।

टि्वटरमा अहिलेसम्म ३० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिन्थ्यो । भिडियो अवधि बढाएर टि्वटरले १४० सेकेण्डसम्म पूराएको छ र यो नियम टि्वटरको भिडियो स्ट्रिमिंग सर्भिस भाइनमा पनि लागू हुनेछ । यसअघि भाइनमा ६ सेकेण्ड सम्मको मात्र भिडियो हाल्न सकिन्थ्यो ।

एक ब्लग पोष्टमा टि्वटरका इन्जिनियरिंग विभागका उपाध्यक्ष जेरेमीले भनेका छन्ः  टि्वटरमा भइरहेको रियल टाइम सम्वादमा भिडियोले मूख्य भूमिका निभाइरहेको छ । टि्वटरले टि्वटर इन्जेग नामक नयाँ एप पनि लञ्च गरेको छ । जसबाट प्रकाशकहरुले आफ्ना फलोअर्ससँगको संवादको विश्लेषण गर्न सक्दछन् ।

केही दिनअघि मात्र टि्वटरले मेसिन लर्निंग प्रविधिमा काम गर्ने स्टार्टअप कम्पनी म्याजिक पोनी टेक्नोलोजी खरीद गरेको थियो । यो कम्पनी तस्वीर तथा भिडियो सामाग्रीमा केन्द्रित छ ।

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...