टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

२०७५ भदौ ३१ गते ११:३५ मा प्रकाशित


Tupek Teej Program (5)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला बचतकर्तालाई सम्मान गरेको छ ।

Tupek Teej Program (2)
टुपेक नयाँबस्तिमा रहेका नवपुर चिल्ड्रेन होमको प्रांगणमा आयोजना गरिएको तिज विशेष तथा सम्मान कार्यक्रममा उत्कृष्ट बचतकर्ता फत्त कुमारी बस्नेत र पञ्चि देवी मगरलाई सम्मान गरेको हो । कार्यक्रममा टुपेक कृषि सहकारी संस्थाका १६ बजार प्रतिनिधिहरु मध्यबाट द्धय रेखा बास्तोला महर्जन, अञ्जना श्रेष्ठलाई उत्कृष्ट बजार प्रतिनिधको सम्मान गरिएको थियो ।

Tupek Teej Program (4)
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा पिक प्वाइन्ट एकेडेमीका फाउण्डर, प्रिन्सिपल विनय श्रेष्ठ, विभन्न महिला समुहका अध्यक्ष, टुपेकका महिला शेयर सदस्यहरु एवं सहकारीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Tupek Teej Program (3)
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एव बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष श्रेष्ठले चुनिखेलमा अहिलेसम्म छोटो अवधिमा नै धेरै मुनाफा कमाउन सफल एवं धेरै महिला दिदिबहिनीहरुलाई समेटि बचतमा सहभागी गराउन सफल भएको र भेग कै उत्कृष्ट आर्थिक व्यबस्थापन गर्न सफल भएको भन्दै सहकारीका प्रबन्धक सरोजराज श्रेष्ठलाई धन्यवाद दिँदै आफ्नो पुर्ण समर्थन रहेको बताए । साथै ७० वर्ष नाघेका बचतकर्ताहरुलाई हेल्थ प्याकेजको सुविधा, दैनिक रु १० मा जीवन बिमा, विद्यार्थीहरुलाई व्यबहारिक शिक्षाका लागि खुत्रुके बचत योजना, युवा वर्गलाई स्वरोजगार बनाउँन तत्पर भई विभिन्न तालिम, आर्थिक व्यबस्थापन तथा अन्तरक्रिया जस्ता कार्यक्रम गरि विभिन्न युवाहरुलाई युवा उद्धमी बनाउँन सफल भएकोले सम्पुर्ण नगरमा वडा नम्बर १३ को सहकारी क्षेत्रमा भएको विकासले गर्व गर्ने महशुस भएको उनले बताए ।

Tupek Teej Program (1)
यहि भाद्र २३ गरेको उक्त कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम एवं नारीहरुलाई दर खाने कार्यक्रम समेत राखिएको थियो ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले टुपेक कृषि सहकारी संस्थाका प्रबन्धक सरोज राज श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

You may also Like this

थप समाचार

श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट
श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाकाे भाेटिङमा सबैभन्दा अगाडि, यसरी गर्न सकिन्छ भाेट

काठमाडौं– मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा । मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति ...

तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप
तपस्वी बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । जंगलमा तपस्या बसेका बम्जनमाथि ...

टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)
टुपेकले गर्यो उत्कृष्ट बचतकर्तालाई सम्मान (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ टुपेक नयाँबस्तिमा रहेको टुपेक कृषि सहकारी संस्थाले आफ्ना २ जना उत्कृष्ट महिला ...

सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड
सलाहलाई पीएफए प्लेयर अफ दी इयरको अवार्ड

१० वैशाख, काठमाडौं । लिभरपुलका मोहम्मद सलाहले पीएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । २५ वर्षीय सलाहले केभिन डी ब्रुेयन, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...