७५ हजार नेपाली टुडिखेलमा जम्मा हुँदै

२०७४ फागुन १७ गते २१:४२ मा प्रकाशित


buddha_nepal

१६ फागुन, काठमाडौँ । काठमाडौँको टुँडिखेलमा विश्व किर्तिमानी परिषद इभेन्टको आयोजनामा गिनिज बुक वल्र्ड रेकर्ड कायम गर्नका लागि ७५ हजार जनाले बुद्धको उपदेश ‘धम्मपद’ एकसाथ वाचन गर्ने भएका छन् । बुधबार नेपाल पर्यटन बोर्डको हलमा पत्रकार सम्मेलनको आयोजना गरी मुलुकको गौरबलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागि हुनका लागि अपिल गरिएको थियो ।

पत्रकार सम्मेलनमा परिषदका बरिष्ठ उपाध्यक्ष संघर्ष विष्टले टुडिखेलमा ७५ हजार नेपालीहरुको उपस्थितिबीच बुद्ध बचन वाचन गर्ने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।
सन् २०१४ मा भारतमा ४६ हजार ६६० जनाको सहभागिताबीच रेकर्ड काम गरिएको थियो । त्यही कीर्तिमान तोडेर नयाँ विश्व कीर्तिमानी कायम गर्नका लागि परिषदले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

वरिष्ठ उपाध्यक्ष विष्टकाअनुसार उक्त कार्यक्रमको लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख संरक्षकको रुपमा रहेका छन् भने पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई, लोकेन्द्र बहामदुर चन्द, खिलराज रेग्मीलगायत संरक्षकको रुपमा रहेका छन् । त्यस्तै यसमा कलाकार, लेखक, पत्रकार, बुद्धिजिवीहरु सदभावना दूतको रुपमा रहेका छन् ।

बुद्ध दर्शनको उद्गमस्थल नेपाल भएको भए पनि गलत प्रचार गरिएका कारण विदेशीमा फैलाइएको भ्रमको अन्त्य गर्न सो कार्यक्रम गर्न लागिएको उपाध्यक्ष प्रतिष्ठा अमात्य विष्टले बताइन् । अर्का उपाध्यक्ष अक्कल बहादुर तामाङले कार्यक्रमको प्राविधिक तथा व्यवस्थापकीय तयारी विशेष तरिकाबाट तयारी गरिएको भन्दै यसलाई सफल पार्नका लागि साथ र सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा भाग लिन निशुल्क क्यूआर कोडसहितको प्रवेश पासको व्यवस्था गरिएको छ । उक्त पास कुन गेटमा कुन समयमा जाने भन्ने उल्लेख गरिएको छ । सहभागीहरु कार्यक्रमभित्र प्रवेश गरिसकेपछि कार्यक्रम नसकिएसम्म आपतकालिन अवस्थाबाहेक बाहिर जान नपाउने व्यवस्था गरिएको छ । हालसम्म ७५ हजारमध्ये ६० हजार पास वितरण भइसकेको र बाँकी १५ हजार पासहरु टुडिखेल गेटमा नै वितरण गरिने बताइएको छ ।

टुडिखेलमा ४ वटा मुल गेट तथा ४० वटा सहायक गेटहरुबाट विहान ११ बजेदेखि २ बजेसम्म सहभागीहरुलाई प्रवेश गराइनेछ । सम्पूर्ण सहभागीहरुको क्यूआर कोडबाट स्क्यान गरी गणना गरिने छ । सुरक्षाकर्मीहरुबाट सुरक्षा जाँच, सिसिटिभीबाट निरिक्षकहरुबाट निरिक्षण र नेपाल आर्मीबाट सादा पोशाकमा नर्भिक, ओम, गंगालाल, ग्रिनसिटी, अल्का र नेपाल रेडक्रसबाट स्वास्थ्यकर्मीहरु, एम्बुलेन्सलगायतको स्वास्थ्य सेवा, पिउने पानी, अस्थायी तथा घुम्ति शौचालयको व्यवस्था गरिनेछ । नेपाल स्काउट तथा विभिन्न कलेजका करिब २ हजार जना स्वयंसेवकहरु कार्यक्रम व्यवस्थापनका लागि परिचालित हुनेछन् ।

भृकुटीमण्डपलगायत विभिन्न स्थानहरुमा पार्किङको व्यवस्था गरिएको छ र उपत्यका ट्राफिक महाशाखाको समन्वय तथा सहयोग रहनेछ । कार्यक्रमको ड्रोन क्यामेराबाटसमेत फोटो तथा भिडियो खिचिने छ । कार्यक्रममा उपस्थित सहभागिहरुलाई कागजको नेपाली झण्डा र पठन सामाग्री धम्मपदको सागर्भिक अंशहरु कार्यक्रम स्थलमा उपलब्ध गराईने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक धिरज राई, आनन्द कार्की, हास्य कलाकार मनोज गजुरेल, जितु नेपाल, कलाकारहरु राधिका हमाल, प्रकाश तिमिल्सिना, नेपाल आइडल बुद्ध लामासहित निशान भट्टराई, प्रताप दासलगायतबाट सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति गर्नुका साथै राजेश हमाल, निखिल उप्रेती, डा. भोला रिजाल, महेश दाहाल, रवि लामिछाने, दिपक विष्ट, इन्दिरा राणा, मेघा चौधरीलगायतको उपस्थिति हुनेछ ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले विश्व किर्तिमानी परिषद इभेन्टका बरिष्ठ उपाध्यक्ष अक्कल लामासंग विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको भिडियो अंशः

You may also Like this

थप समाचार

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण
दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण

दसैँको बेला भइरहेको महंगी नियन्त्रण गर्न के गर्नुपर्छ ?, मत सर्वेक्षण ...

प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु
प्यूठानमा जिप दुर्घटना, एकको मृत्यु

प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्न ...

जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता
जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २ ...

शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)
शिक्षा विधेयक संशोधनको माग राख्दै एनप्याब्सन काठमाडौको ११ बुँदे माग (भिडियो)

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौँले शिक्षा विधेयक संशोधनको माग राख्दै शुक्र ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...