जापानको पर्यटन एक्स्पोमा नेपालको सहभागिता

२०७५ असोज ८ गते २०:०२ मा प्रकाशित


Tokeyo nepali program (1)

टोकियो, जापान । नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको छ । सेप्टेम्बर २० देखि २३, २०१८ सम्म जापानको टोकियो शहरमा संचालन भएको उक्त एक्स्पोमा नेपाल लगायत विश्वका १३० भन्दा बढी देशका १३०० बढी पर्यटन संग संबद्ध संघ संस्थाहरुले भाग लिएका थिए । आ–आफ्नो गन्तब्यको बारेमा संभावित जापानी पर्यटकहरुलाई जानकारी दिने, ब्यवसायीहरु बीच ब्यापारिक बैठक गर्ने (विटुवी), संचार माध्यम मार्फत पर्यटन सुचना संप्रेषण गर्ने लगायतका प्रभावकारी माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने अवसर प्राप्त हुने उक्त एक्स्पो जापानमा बार्षिक रुपमा आयोजना हुने एक ब्यवसायिक पर्यटन मेला हो ।
Tokeyo nepali program (3)
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल बायु सेवा निगम लगायत निजी क्षेत्रका चार पर्यटन व्यवसायी कम्पनीहरुः अराउण्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शाम्बाला र नेत्र टुर्स एण्ड ट्राभल एण्ड टुर उक्त एक्स्पोमा सहभागी भएका थिए । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री निता अर्याल पोखरेल, पर्यटन बोर्ड सदस्य श्री अवधेसकुमार दास तथा बोर्डका प्रबन्धक श्री रोहिणीप्रसाद खनाल उक्त एक्स्पोमा सहभागी भएका थिए ।
जापानमा नेपाललाई एक शुरक्षित, भरपर्दो तथा आकर्षक गन्तव्य स्थलका रुपमा स्थापित गर्ने, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को बारेमा जानकारी दिने, नेपालको पर्यटन गतिविधि तथा नयाँ नयाँ पर्यटन उपजहरुको वारेका सूचना प्रवाह गर्ने तथा पर्यटन व्यबसायीहरु बीच व्यापारिक छलफल गर्ने उद्देश्यका साथ उक्त एक्स्पोमा बोर्डले नेपालको सहभागिता जनाएको थियो । नेपाल वायुसेवा निगमले निकट भविश्यमा गर्ने काठमाण्डौं र टोकियो बीच सिधा उडानको खवरले पर्यटन संबद्ध सबैमा थप आशा तथा उत्साहको सन्चार भएको थियो ।
सन् २०१७ मा नेपालमा झण्डै १० लाख पर्यटक आगमन भएको थियो जस मध्ये लगभग १८ हजार जापानी पर्यटकहरुको आगमन थियो । अधिकांश बुद्ध धर्मावलम्बी भएको जापानीहरुले नेपाललाई बुद्ध जन्मस्थल, धार्मिक गन्तव्य, अध्यात्मिक उपचार केन्द्र तथा साहसिक गतिविधिले भरिपूर्ण भएको गन्तव्यस्थलको रुपमा लिने गरेका छन् । उनीहरु मुख्य रुपमा काठमाण्डौ, पोखरा, चितवन, लुम्विनी लगायतका स्थानमा भ्रमण गर्न तथा अन्नपूर्ण र सगरमाथा क्षेत्रमा पदयात्रामा जान रुचाँउछन् ।

You may also Like this

थप समाचार

टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)
टेक्सास कलेजले गर्यो नवआगन्तुक विद्यार्थीहरुको आरेन्टेशन कार्यक्रम (भिडियो)

२४ मंसिर, काठमाडौँ । मित्रपार्कमा रहेको टेक्सास कलेजले एमबिए, बिबिए, बिआईटी, बिसिएसमा नयाँ भर्ना भएका विद्यार्थीहरुको आरेन्ट ...

विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)

काठमाडौँ । विश्व किर्तिमानीका लागि स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा बुधबार राजधानीको टुडिखेलमा प्रयो ...

मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा
मापसे गरी सवारी चलाउने महिला बढे, ४ महिनामा ३४१ फन्दामा

११ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानग ...

दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित
दलित बालबालिका दलान शिक्षातर्फ आकर्षित

१० मङ्सिर २०७५  वीरगञ्ज । धान खेतमा गएर मुसा मार्ने, खोलानालामा   माछा तथा घोंघी मार्ने र बाख्रा चरा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...