रोकिएन टिपर आतङ्कः बालाजुमा चिया बेचिरहेका श्रीमानको मृत्यु, श्रीमती घाइते

२०७५ पुस १३ गते ०९:१५ मा प्रकाशित


काठमाडौँ । बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

घाइते विसङ्खेको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You may also Like this

थप समाचार

पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ
पासा ग्वाहाली पुचः सहकारीको अध्यक्षमा हरिकृष्ण श्रेष्ठ

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, चौतारा ओरालोमा रहेको पासा ग्वाहाली पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध् ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ पुस, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि ला ...

चिसो बढेपछि हुम्लाका विद्यालय बन्द
चिसो बढेपछि हुम्लाका विद्यालय बन्द

१८ पुस, हुम्ला । चिसो बढेका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्ला ...

‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)
‘दोश्रो माण्डु अन्तरविद्यालय मैत्री पुर्ण तेक्वान्दो प्रतियोगिता’ आजबाट सुरु (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० साततले, नारायण चोकमा रहेको माण्डु एकेडेमीले शनिबार (आज) बाट ‘दोश्रो माण् ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...