मिठाईमा भेटियो कपडा धुन प्रयोग गरिने ‘हाईड्रा’ केमिकल

२०७५ कार्त्तिक १६ गते १०:३० मा प्रकाशित


tihar

शुक्रबार, १६ कार्तिक कपिलबस्तु ।  तिहारका लागि बनाइएका मिठाइको परिकारमा ब्यापारीहरुले स्वास्थ्यलाई गम्भीर असर पर्ने बिभिन्न केमिकल मिश्रण गरेको पाइएको छ ।कपिलवस्तुको तौलिहवामा तिहारलाई लक्षित गरी मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा त्यस्ता केमिकल फेला परेको हो ।

जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त अनुगमन टोलीले बिहीबार १० वटा मिठाई पसलमा निरीक्षण गरेको थियो ।सो क्रममा तौलिहवाको बहादुरगंज जाने चौराहामा रहेको गणेश जलपान भण्डारमा हाईड्रा नामक पाँच सय ग्रामका २ वटा डब्बा केमिकल फेला परको छ ।स्वास्थ्यकर्मी अनुसार हाईड्रा कपडा धुनका लागि प्रयोग गरिने केमिकल हो । हाईड्रालाई सेतो खाले रसभरीको चासनीलाई सफा देखाउनकालागि प्रयोग गर्ने गरिएका छन ।‘कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गर्ने हाईड्रा नामक केमिकलले मानव स्वास्थ्यमा गंभीर असर गछ,र्’ तौलिहवा अस्पतालका डाक्टर किशोर बन्जाडेले भने ।

मिठाई बनाउन सबैभन्दा बढी प्रयोगमा आउने चिनीको मूल्य बढी भएकाले मिठाइ व्यापारीहरु अहिले चिनीको साटो गुलियो केमिकलको अत्याधिक प्रयोग गरिरहेको बुझिएको छ ।

चिनी भन्दा पाँचसय गुना गुलियो स्याक्रिन नामक केमिकलको प्रयोग गरि बनाइएका मिठाईहरु अहिले बजारमा धमाधम विक्री भइरहेका छन् ।५० रुपैंयाँमा पाईने ५० ग्राम स्याक्रिनले ३० किलो बढी चिनीको काम गर्ने हँुदा यसबाट आफूहरुलाई निकै फाइदा हुने गरेका ब्यापारीहरुको भनाई छ ।सरकारले मिठाइ बनाउन ११ वटा रंगलाई स्वीकृति प्रदान गरेपनि मिठाइ व्यापारीहरुले भने जथाभावी रुपमा सजिलै पाइने र कम मूल्य पर्ने रङ्गहरुको प्रयोग गर्ने गरेको पाइन्छ ।

दुषित र उक्त रंग हालेको मिठाई सेवनबाट विभिन्न खाले रोगहरु उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । व्यपारीहरुले बढि मुनाफा आर्जन गर्न बढि प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलू, पिठो र सूजीको प्रयोग गर्ने गरेका छन । जसले पेटमा प्रत्यक्ष असर पार्दछ ।व्यापारीहरुले निम्न गुणस्तरको घ्यु र हप्तौ पूरानो तेलको प्रयोग गर्दछन जसबाट घाटी सम्बन्धि विभिन्न रोग देखा पर्दछ ।

विश्व खाद्य संघले गरेको सिफारिस बाहेकका अन्य बस्तु खाद्य पदार्थमा मिसावट गर्न नपाइने खाद्य ऐन २०२३ मा उल्लखेति छ तर सम्बन्धित निकायले हाल सम्म त्यसतर्फ ध्यान नदिएको उपभोक्ताहरु गुनासो छ । टोलीले एउटा किराना पसल आधा दर्जन मासु पसलमा समेत अनुगमन गरेको थियो ।

ग्राहकलाई आकर्षक र ताजा भएको  देखाउन अखाद्य बस्तुहरुको व्यापक प्रयोग गर्ने गरिएको छ भने सो मिठाई पसलबाट ५ किलो दुषित मिठाइए समेत जफल गरी नष्ट गरिएको थियो ।

अनुगमनका क्रममा अधिकांश मिठाई पसल फोहोर रहेको, मुल्य सुची समेत नहरेको, केही मिठाई पसल दर्ता बिना संचालन गरेको भेटिएको र मिठाइ पसलेहरुलाई प्रशासन कार्यालयमा हाजिर हुने गरी कागज गराईएको छ ।साथै एक पटकका लागि सुध्रिने्र मौका दिने त्यसो नगरे ऐन अनुसार कारबाही गर्ने सहायक प्रजिअ रामेश्वर अर्यालले बताए ।

यहाँका प्रायः सबै मिठाई पसलहरुमा अखाद्य बस्तु मिसाएको, उत्पादन, बिक्री र भण्डारण एउटै कोठामा राखिने गरिएका छन ।

अखाद्य बस्तुको मिश्रण र झन त्यसमा पनि एक साता बढिका बासी मिठाईहरुको प्रयोगले उपभोक्ताहरु ठगिनुको साथै स्वास्थ्यमा समेत नराम्रो असर पर्ने गरेको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यय निरीक्षक स्र्वण कुमार ढुंगानाले बताए । 

समाचार ईमेजखवर डटकमबाट साभार गरिएको हो ।  

You may also Like this

थप समाचार

कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।
कांग्रेस नेता सिंह र पूर्व राजा शाहको भेटको तस्बिर सामाजिक संजालमा भाइरल ।

काठमाडौँ । यतिखेर सामाजिक संजालमा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंहले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाहसँग ग ...

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछापका एक युवक पक्राउ

कार्तिक २८, काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २ ...

‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई
‘नवौं चाइल्ड आइकन’ को उपाधि युरो स्कुलकी सुएलेनलाई

२८ कात्तिक, काठमाडौँ । मेडियाल्यान्डले आयोजना गरेको ‘नवौं चाइल्ड आइकन’ मंगलबार राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भए ...

गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
गोरखामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...