तीन जनाको आनुवंशिक मिश्रणबाट जन्मिएको विश्वको पहिलो बच्चा

२०७३ असोज १२ गते १३:०७ मा प्रकाशित


child_1१२ असोज, अमेरिका । अमेरिकी वैज्ञानिकहरुले तीन जना मानिसको आनुवंशिक मिश्रण गर्ने नौलो प्रजनन प्रविधिमार्फत विश्वको पहिलो शिशुको जन्म भएको जनाएका छन्।

बिबिसीका अनुसार आमा, बुवा तथा एक डिम्ब दाताको आनुवंशिक मद्दतले आमामा भएको दुर्लभ घातक आनुवंशिक अवस्थाबाट जोगाएर उक्त शिशुको जन्म गराउन सफल भएको उनीहरुले जनाएका छन्।

चिकित्सकहरुका अनुसार अहिले पाँच महिनाको भएको उक्त शिशुमा हालसम्म सो आनुवंशिक रोगका लक्षण देखा परेका छैनन्।

यो प्रविधि अन्तर्गत आमा र बुवाको डिएनएको स्वाभाविक मिश्रणका अतिरिक्त एक दाताको थोरै आनुवंशिक कणको सहायताले ती शिशुको स्वस्थ जन्म भएको छ।

यी स्वस्थ बालकको जन्मभन्दा पहिले यिनका जोर्डनी आमाबुवाले थुप्रै पीडा झेल्नुपरेको थियो।

विगतमा उनीहरुले जन्माएको दुई शिशुको मृत्यु भएको थियो भने चारवटा गर्भ तुहिएको थियो। ती सबको कारण चाहिँ आमामा भएको आनुवंशिक खराबी रहेको थियो।

न्यू साइन्टिस्ट नामक पत्रिकाका अनुसार उक्त प्रविधिको परीक्षण मेक्सिकोमा गरिएको हो।

कतिपय आलोचकहरुले उक्त प्रकृया असुरक्षित तथा अनैतिक भएको भनेका छन्।

तर वैज्ञानिकहरुलेचाहिँ यसले चिकित्सा क्षेत्रमा नयाँ युगको शुरुवात गर्ने भन्दै यस्ता आनुवंशिक स्वास्थ्य समस्या झेल्दै आएका परिवारका निम्ति यो सुखद खबर हुने बताएका छन्।

माइटोकोन्ड्रियल डोनेशन भनिने यो प्रविधिको सघन अनुगमन हुनुपर्नेमा भने उनीहरुले जोड दिएका छन्। एजेन्सी

You may also Like this

थप समाचार

बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड
बालिका बलात्कार गर्ने सरकारी शिक्षकलाई मृत्युदण्ड

एजेन्सी । भारतमा चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ। मध्यप्रदेशको सतना जिल्लाको अद ...

नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे
नुवाकोट शिवपुरी–४ सिक्रेका वडासदस्य थापा सहित वडाबासीहरु सडक मर्मतमा लागे

असोज ४, नुवाकोट । काम गर्न सरकारको नै मुख ताक्नु पर्छ भन्ने प्रवृतिलाई गतिलो जवाफ दिएका छन् नुवाकोट शिवपुरी वडा नम्बर ४ का स ...

आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै
आज ऋषि पञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दु नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । म ...

बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)
बुढानिलकण्ठ शैक्षिक मञ्चको तिज गीत नृत्य प्रतियोगिता सम्पन्न, लोयल्टिलाई उपाधि (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ शैक्षिक मञ्चले आयोजना गरेको बुढानिलकण्ठ नगरपालिका स्तरिय तिज गीत नृत्य प्रतियोगिता भाद्र २१ गते  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...